हेटौंडामा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ अभियान अन्तर्गत सातौं दिन ७०० हस्ताक्षर संकलन, टोल विकास संस्थाहरूको सक्रिय सहभागिता

हेटौंडा,भदौ २ । हेटौंडा उपमहानगरपालिका–१३ स्थित पदमपोखरीमा भूमिहीन सङ्घर्ष समितिले चलाइरहेको “मध्यवर्ती क्षेत्र खारेज गरौं” भन्ने मूल नाराका साथ हस्ताक्षर संकलन अभियान आज सातौं दिनमा पुगेको छ। आज मात्र ७०० जना स्थानीय नागरिकहरूले अभियानमा सहभागिता जनाउँदै हस्ताक्षर गरेका छन्।

आजको कार्यक्रममा नमो बुद्ध टोल विकास संस्था र मेन्दोलोङ टोल विकास संस्थाका स्थानीयहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा महिला, वृद्धवृद्धा तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सङ्घर्ष समितिले हेटौंडा उपमहानगरपालिका–१२, १३, र १४ मा चरणबद्ध रूपमा अभियान सञ्चालन गर्ने उदेश्य बनाउदै अगि बढिरहेको छ। समितिका अनुसार स्थानीय जनजीवनमा प्रत्यक्ष असर पारिरहेको मध्यवर्ती क्षेत्रले कुनै पनि ठोस लाभ दिन नसकेको, उल्टो समस्या सिर्जना गरिरहेको भन्दै यसको खारेजीको माग गर्दै जनसमर्थन बटुलिने उद्देश्यले अभियान थालिएको हो।

सङ्घर्ष समितिले संकलित हस्ताक्षरहरू सम्बन्धित सरकारी निकायहरूमा बुझाई दबाब सिर्जना गर्ने रणनीति अपनाएको छ। समितिले स्थानीय जनताको आवाजलाई संस्थागत रूपमा सरकार समक्ष पुर्‍याउने अठोट साथ यो अभियान अघि बढाइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ अभियान अन्तर्गत सातौं दिन ७०० हस्ताक्षर संकलन, टोल विकास संस्थाहरूको सक्रिय सहभागिता

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौंडामा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ अभियान अन्तर्गत सातौं दिन ७०० हस्ताक्षर संकलन, टोल विकास संस्थाहरूको सक्रिय सहभागिता

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौंडामा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ अभियान अन्तर्गत सातौं दिन ७०० हस्ताक्षर संकलन, टोल विकास संस्थाहरूको सक्रिय सहभागिता

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडामा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ अभियान अन्तर्गत सातौं दिन ७०० हस्ताक्षर संकलन, टोल विकास संस्थाहरूको सक्रिय सहभागिता

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडामा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ अभियान अन्तर्गत सातौं दिन ७०० हस्ताक्षर संकलन, टोल विकास संस्थाहरूको सक्रिय सहभागिता

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडामा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ अभियान अन्तर्गत सातौं दिन ७०० हस्ताक्षर संकलन, टोल विकास संस्थाहरूको सक्रिय सहभागिता

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.