Day: २०८२ भाद्र २, सोमबार २३:२०

३१औँ तामाङ प्रसारण दिवसको अवसरमा ‘विशेष पोस्ट डट कम’ अनलाइन न्युज पोर्टलको भव्य शुभारम्भ

३१औँ तामाङ प्रसारण दिवसको अवसरमा ‘विशेष पोस्ट डट कम’ अनलाइन न्युज पोर्टलको भव्य शुभारम्भ

हेटौंडा,भदौ २। मिडिया क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार सन्देश थिङले आफ्नो अनुभव र दृष्टिकोणलाई नयाँ उचाइ दिनको लागि 'विशेष पोस्ट डट कम' (www.bishehpost.com) नामक अनलाइन न्युज पोर्टलको औपचारिक शुभारम्भ गरेका छन्। गएको ३१औँ तामाङ प्रसारण दिवसको अवसरमा हेटौंडाको पल्पसा प्याराडाइज होममा आयोजित कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको प्रमुख आतिथ्यतामा उक्त न्युज पोर्टलको सुरुवात गरिएको हो। करीब एक दशकदेखि रेडियो, छापा, र अनलाइन मिडिया क्षेत्रमा निरन्तर काम गर्दै आएका थिङले सञ्चारको विविध अनुभव समेट्दै आफ्नो नयाँ मिडिया अभियान सुरु गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् कि यहाँसम्म आइपुग्न साथ, सहयोग, अवसर र सल्लाह सुझाव दिने सबै…
Read More
भूमि विधेयकको विरोधमा ‘गौरकाण्ड’ पुनःउत्थान? : विद्युत बज्राचार्यको आरोप !

भूमि विधेयकको विरोधमा ‘गौरकाण्ड’ पुनःउत्थान? : विद्युत बज्राचार्यको आरोप !

काठमाडौं, भदौ २ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले वर्तमान सरकारमाथि गम्भीर आरोप लगाएका छन्। उनले दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार (एमॅाग्रेस) "दुई दलिय एकात्मक राज्य बनाउने सोंच"का साथ अघि बढिरहेको बताएका छन्। बज्राचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै, भूमि सम्बन्धी विधेयक जसपाले राष्ट्रिय सभाबाट असफल बनाएपछि सरकार "रुष्ट" बनेको र त्यसको बदलाका रूपमा १९ वर्षअघिको 'गौरकाण्ड' लाई पुनः उठाएर देशमा अस्थिरता निम्त्याउने कोशिस गरिरहेको आरोप लगाएका छन्। "जुन भूमि सम्बन्धी विधेयक पास भएको खण्डमा मधेस मात्र होईन, पुरै नेपाली भूमि मरुभूमि बन्ने निश्चित थियो," उनले भनेका छन्। उनले चुरे दोहनका…
Read More
“एकल जातीय निरंकुशताको अन्त्यका लागि सम्पूर्ण उत्पीडित समुदाय एक हुनुपर्छ”: जसपा केन्द्रीय सदस्यको सामाजिक सञ्जालमार्फत आह्वान

“एकल जातीय निरंकुशताको अन्त्यका लागि सम्पूर्ण उत्पीडित समुदाय एक हुनुपर्छ”: जसपा केन्द्रीय सदस्यको सामाजिक सञ्जालमार्फत आह्वान

हेटौंडा,भदौ २ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य मेजरमान मोक्तानले सामाजिक सञ्जालमार्फत हालको सत्तालाई "एकल जातीय निरंकुशता" को संज्ञा दिँदै सम्पूर्ण उत्पीडित जातीय, वर्गीय तथा समुदायलाई अन्तिम लडाइँका लागि एकजुट हुन हार्दिक अपिल गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा प्रकाशित एक स्टाटसमा उनले लेखेका छन्, "आफ्नो आफन्तलाई न्यायाधीश बनाउने, सालोलाई हाकिम बनाउने, आफ्नै जातजातिलाई राष्ट्रपति, सेना प्रमुख, प्रहरी प्रमुख र प्रदेशका मुख्यमन्त्री बनाउने प्रवृत्तिले राज्यलाई निरंकुशताको चरम सीमामा पुर्‍याएको छ।" उनले आरोप लगाएअनुसार नेपालका जेलहरूमा अहिले पनि ९०% आदिवासीहरू थुनामा छन्। उनले लेखेअनुसार, राज्यद्वारा आदिवासीमाथि बल प्रयोग, अपहरण, झुट्टा मुद्दा लगाएर जेल हाल्ने कार्य सती युगदेखि नै चल्दै…
Read More
हेटौंडामा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ अभियान अन्तर्गत सातौं दिन ७०० हस्ताक्षर संकलन, टोल विकास संस्थाहरूको सक्रिय सहभागिता

हेटौंडामा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ अभियान अन्तर्गत सातौं दिन ७०० हस्ताक्षर संकलन, टोल विकास संस्थाहरूको सक्रिय सहभागिता

हेटौंडा,भदौ २ । हेटौंडा उपमहानगरपालिका–१३ स्थित पदमपोखरीमा भूमिहीन सङ्घर्ष समितिले चलाइरहेको “मध्यवर्ती क्षेत्र खारेज गरौं” भन्ने मूल नाराका साथ हस्ताक्षर संकलन अभियान आज सातौं दिनमा पुगेको छ। आज मात्र ७०० जना स्थानीय नागरिकहरूले अभियानमा सहभागिता जनाउँदै हस्ताक्षर गरेका छन्। आजको कार्यक्रममा नमो बुद्ध टोल विकास संस्था र मेन्दोलोङ टोल विकास संस्थाका स्थानीयहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा महिला, वृद्धवृद्धा तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सङ्घर्ष समितिले हेटौंडा उपमहानगरपालिका–१२, १३, र १४ मा चरणबद्ध रूपमा अभियान सञ्चालन गर्ने उदेश्य बनाउदै अगि बढिरहेको छ। समितिका अनुसार स्थानीय जनजीवनमा प्रत्यक्ष असर पारिरहेको मध्यवर्ती क्षेत्रले कुनै पनि ठोस लाभ दिन नसकेको, उल्टो समस्या…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.