३१औँ तामाङ प्रसारण दिवसको अवसरमा ‘विशेष पोस्ट डट कम’ अनलाइन न्युज पोर्टलको भव्य शुभारम्भ

हेटौंडा,भदौ २। मिडिया क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार सन्देश थिङले आफ्नो अनुभव र दृष्टिकोणलाई नयाँ उचाइ दिनको लागि ‘विशेष पोस्ट डट कम’ (www.bishehpost.com) नामक अनलाइन न्युज पोर्टलको औपचारिक शुभारम्भ गरेका छन्।

गएको ३१औँ तामाङ प्रसारण दिवसको अवसरमा हेटौंडाको पल्पसा प्याराडाइज होममा आयोजित कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको प्रमुख आतिथ्यतामा उक्त न्युज पोर्टलको सुरुवात गरिएको हो।

करीब एक दशकदेखि रेडियो, छापा, र अनलाइन मिडिया क्षेत्रमा निरन्तर काम गर्दै आएका थिङले सञ्चारको विविध अनुभव समेट्दै आफ्नो नयाँ मिडिया अभियान सुरु गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् कि यहाँसम्म आइपुग्न साथ, सहयोग, अवसर र सल्लाह सुझाव दिने सबै अग्रज, मित्रप्रति विशेष आभार व्यक्त गर्छौ।

“जीवनमा संचित अनुभवको आधारमा केही नयाँ गर्ने जोश र जाँगरका साथ ‘विशेष पोस्ट डट कम’ अनलाइन न्युज पोर्टल लिएर आएको छु,” उनले लेखेका छन्। पोर्टलको नारासमेत “हरेक समाचारलाई विशेष बनाउँछ” भन्ने रहेको छ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै रेडियो भरोसाका पत्रकार सशान्त तामाङले पनि यस नयाँ प्रयासप्रति शुभकामना दिँदै निरन्तर प्रगतिका कामना व्यक्त गरेका छन्।

थिङले जनसमुदायसँग प्रत्यक्ष सरोकार राख्ने खबरहरुलाई प्राथमिकता दिँदै आफ्नो समाचार प्रस्तुति विशेष ढंगले अगाडि लैजाने उल्लेख गरेका छन्। यो अनलाइन पोर्टलले स्थानीय जनताको आवाजलाई समाचारमार्फत उजागर गर्दै पत्रकारितामा नवीनता ल्याउने उद्देश्य लिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

३१औँ तामाङ प्रसारण दिवसको अवसरमा ‘विशेष पोस्ट डट कम’ अनलाइन न्युज पोर्टलको भव्य शुभारम्भ

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

३१औँ तामाङ प्रसारण दिवसको अवसरमा ‘विशेष पोस्ट डट कम’ अनलाइन न्युज पोर्टलको भव्य शुभारम्भ

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

३१औँ तामाङ प्रसारण दिवसको अवसरमा ‘विशेष पोस्ट डट कम’ अनलाइन न्युज पोर्टलको भव्य शुभारम्भ

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

३१औँ तामाङ प्रसारण दिवसको अवसरमा ‘विशेष पोस्ट डट कम’ अनलाइन न्युज पोर्टलको भव्य शुभारम्भ

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

३१औँ तामाङ प्रसारण दिवसको अवसरमा ‘विशेष पोस्ट डट कम’ अनलाइन न्युज पोर्टलको भव्य शुभारम्भ

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

३१औँ तामाङ प्रसारण दिवसको अवसरमा ‘विशेष पोस्ट डट कम’ अनलाइन न्युज पोर्टलको भव्य शुभारम्भ

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.