“एकल जातीय निरंकुशताको अन्त्यका लागि सम्पूर्ण उत्पीडित समुदाय एक हुनुपर्छ”: जसपा केन्द्रीय सदस्यको सामाजिक सञ्जालमार्फत आह्वान

हेटौंडा,भदौ २ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य मेजरमान मोक्तानले सामाजिक सञ्जालमार्फत हालको सत्तालाई “एकल जातीय निरंकुशता” को संज्ञा दिँदै सम्पूर्ण उत्पीडित जातीय, वर्गीय तथा समुदायलाई अन्तिम लडाइँका लागि एकजुट हुन हार्दिक अपिल गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा प्रकाशित एक स्टाटसमा उनले लेखेका छन्, “आफ्नो आफन्तलाई न्यायाधीश बनाउने, सालोलाई हाकिम बनाउने, आफ्नै जातजातिलाई राष्ट्रपति, सेना प्रमुख, प्रहरी प्रमुख र प्रदेशका मुख्यमन्त्री बनाउने प्रवृत्तिले राज्यलाई निरंकुशताको चरम सीमामा पुर्‍याएको छ।”

उनले आरोप लगाएअनुसार नेपालका जेलहरूमा अहिले पनि ९०% आदिवासीहरू थुनामा छन्। उनले लेखेअनुसार, राज्यद्वारा आदिवासीमाथि बल प्रयोग, अपहरण, झुट्टा मुद्दा लगाएर जेल हाल्ने कार्य सती युगदेखि नै चल्दै आएको छ।

उक्त स्टाटसमा उनले वर्तमान संविधानप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, “यो संविधान नेपाल र नेपालीको पक्षमा छैन।” साथै, उनले सत्ता पक्षले सर्वोच्च अदालतलाई प्रयोग गरेर जसपा नेता उपेन्द्र यादवलाई “राजनीतिक रूपमा खाना खोजिरहेको” आरोपसमेत लगाएका छन्।

उनको भनाइमा थप भनिएको छ, “सरकार र सत्ता बिहीन समुदायहरू — उपेन्द्र खाने बाघले तपाईंलाई पनि छोड्दैन। समय छँदै सोचौं। पुरानाको निरन्तरताले फल पनि पुरानै आउँछ, नयाँ हुनलाई नयाँ जन्मिनुपर्छ।”

राज्य संयन्त्रमा एकल जातीय हैकमको विरोध गर्दै उनले सामाजिक रूपान्तरण र सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न परिवर्तनको आवश्यकता औंल्याएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“एकल जातीय निरंकुशताको अन्त्यका लागि सम्पूर्ण उत्पीडित समुदाय एक हुनुपर्छ”: जसपा केन्द्रीय सदस्यको सामाजिक सञ्जालमार्फत आह्वान

हर्कराज राई (हर्क साम्पाङ)को आपत्ति : “संवैधानिक परिषद् अध्यादेश र प्रधान न्यायाधीश नियुक्ति विधिविपरीत”

“एकल जातीय निरंकुशताको अन्त्यका लागि सम्पूर्ण उत्पीडित समुदाय एक हुनुपर्छ”: जसपा केन्द्रीय सदस्यको सामाजिक सञ्जालमार्फत आह्वान

आज साँझ ६ देखि ९ बजेसम्म स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली सेवा अवरुद्ध हुने

“एकल जातीय निरंकुशताको अन्त्यका लागि सम्पूर्ण उत्पीडित समुदाय एक हुनुपर्छ”: जसपा केन्द्रीय सदस्यको सामाजिक सञ्जालमार्फत आह्वान

विशालराज महतले उठाए हेटौंडा अस्पतालको जीर्ण सडकको विषय : “बिरामीले उपचारभन्दा बढी सडकको पीडा भोगिरहेका छन्”

“एकल जातीय निरंकुशताको अन्त्यका लागि सम्पूर्ण उत्पीडित समुदाय एक हुनुपर्छ”: जसपा केन्द्रीय सदस्यको सामाजिक सञ्जालमार्फत आह्वान

“सत्ता बाहिर आदर्श, सत्तामा पुगेपछि सुविधा खोज्ने प्रवृत्ति दोहोरो चरित्र” — वडाध्यक्ष फुर्बा दोर्जे लामा

“एकल जातीय निरंकुशताको अन्त्यका लागि सम्पूर्ण उत्पीडित समुदाय एक हुनुपर्छ”: जसपा केन्द्रीय सदस्यको सामाजिक सञ्जालमार्फत आह्वान

हुप्राचौरमा जेष्ठ नागरिकमैत्री मिलन केन्द्र बनाउने बहस : विकास, वातावरण र सार्वजनिक उपयोगिताबीच सन्तुलन खोज्नुपर्ने आवाज

“एकल जातीय निरंकुशताको अन्त्यका लागि सम्पूर्ण उत्पीडित समुदाय एक हुनुपर्छ”: जसपा केन्द्रीय सदस्यको सामाजिक सञ्जालमार्फत आह्वान

भाषिक विविधताको सम्मान गर्दै बागमतीमा भाषा दिवस मनाइँदै, मुख्यमन्त्री बानियाद्वारा शुभकामना व्यक्त

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.