काठमाडौँ, अशोज २२ गते । नेपालको सुन बजारले आज नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च दर हो।
हिजोमात्रै सुनको मूल्य तोलाको दुई लाख ३५ हजार चार सय रुपैयाँ थियो। आज एकैदिन तोलामा दुई हजार छ सय रुपैयाँले बढ्दा बजारमा सुन किन्ने–बेच्नेको चासो झन् बढेको देखिन्छ।
यता चाँदीको मूल्य भने उल्टो घटेको छ। हिजो तोलाको दुई हजार नौ सय साठि रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले घटेर दुई हजार नौ सय पचपन्न रुपैयाँमा झरेको छ।
सुनको मूल्य निरन्तर बढ्दै जाँदा सुनचाँदी व्यवसायीहरू उत्साहित छन् भने सामान्य उपभोक्ता भने ‘सुन अब हातपरेन’ भन्दै निराश देखिएका छन्।
प्रतिकृया दिनुहोस्
Post Views: 210














