३१ औँ तामाङ प्रसारण दिवसमा बागमती प्रदेश सरकारद्वारा पत्रकारिता पुरस्कार कोष स्थापनाको घोषणा

हेटौंडा, भदौ ४। तामाङ पत्रकार संघ बागमती प्रदेश समिति तथा मकवानपुर जिल्ला समितिको संयुक्त आयोजनामा ३१ औँ तामाङ प्रसारण दिवस भव्य रूपमा मनाइएको छ। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा पत्रकारिता क्षेत्रका उल्लेखनीय योगदानकर्तालाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो।

कार्यक्रम हेटौंडामा सम्पन्न भएको थियो, जसमा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाको विशेष उपस्थिति रहेको थियो। उनले आफ्नो मन्तव्यको क्रममा दिवंगत पिता स्व. क्षेमबहादुर बानिया र दाजु स्व. राजकुमार बानियाको स्मृतिमा “बागमती प्रदेश स्तरीय तामाङ पत्रकारिता पुरस्कार कोष” स्थापनाका लागि व्यक्तिगत तर्फबाट नगद रू. २ लाखको चेक तामाङ पत्रकार संघ बागमती प्रदेश समिति अध्यक्ष ज्ञानेन्द्र तामाङलाई हस्तान्तरण गरेका थिए।

मुख्यमन्त्री बानियाले तामाङ पत्रकारिताको विकास, संरक्षण र प्रोत्साहनमा उक्त कोषले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा थप सहकार्यका लागि प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा विशिष्ट अतिथि, अतिथि, सञ्चारकर्मी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सफलता सुनिश्चित गर्न सहयोग गर्ने सबैलाई तामाङ पत्रकार संघ बागमती प्रदेश र मकवानपुर जिल्ला समितिले विशेष धन्यवाद ज्ञापन गरेको छ। संघका सचिव दिलबहादुर लामाले एक विज्ञप्तिमार्फत् आगामी वर्षदेखि तामाङ प्रसारण दिवसको अवसरमा बागमती प्रदेश स्तरीय तामाङ पत्रकारिता पुरस्कार स्थापनासहित वितरण गरिने जानकारी गराएका छन्।

उक्त कोषको सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरिने र पत्रकारिता क्षेत्रमा सक्रिय तथा योगदानदायी व्यक्तित्वलाई हरेक वर्ष सम्मान गरिने संघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

३१ औँ तामाङ प्रसारण दिवसमा बागमती प्रदेश सरकारद्वारा पत्रकारिता पुरस्कार कोष स्थापनाको घोषणा

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

३१ औँ तामाङ प्रसारण दिवसमा बागमती प्रदेश सरकारद्वारा पत्रकारिता पुरस्कार कोष स्थापनाको घोषणा

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

३१ औँ तामाङ प्रसारण दिवसमा बागमती प्रदेश सरकारद्वारा पत्रकारिता पुरस्कार कोष स्थापनाको घोषणा

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

३१ औँ तामाङ प्रसारण दिवसमा बागमती प्रदेश सरकारद्वारा पत्रकारिता पुरस्कार कोष स्थापनाको घोषणा

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

३१ औँ तामाङ प्रसारण दिवसमा बागमती प्रदेश सरकारद्वारा पत्रकारिता पुरस्कार कोष स्थापनाको घोषणा

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

३१ औँ तामाङ प्रसारण दिवसमा बागमती प्रदेश सरकारद्वारा पत्रकारिता पुरस्कार कोष स्थापनाको घोषणा

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.