दोलखा, मंसिर ४ गते । दोलखा जिल्लाको मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय अरुण कार्कीको मकालु बेस क्याम्प क्षेत्रमा मृत्यु भएको छ। मंसिर १ गते घुम्न मकालु क्षेत्र पुगेका कार्की उच्च हिमाली उचाइमा स्वास्थ्य समस्या देखिएपछि निधन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले पुष्टि गरेको छ।

घटना थाहा पाएपछि प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट उद्धार टोली खटिएको थियो। टोलीले मंसिर ३ गते हेली एभरेष्टको हेलिकप्टरमार्फत कार्कीको शव बेस क्याम्पबाट उठाई संखुवासभा हुँदै काठमाडौं पठाएको जनाएको छ।

उद्धार गरिएको शवलाई कानुनी प्रक्रिया अनुसार पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 98














