सिन्धुलीमा खाजा घर सञ्चालक महिलामाथि कुटपिट, ट्रक चालक समूह फरार

सिन्धुली, पुस २ गते । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ देउराली डाँडास्थित रेस्मा खाजा घरकी सञ्चालक तारा भुजेलमाथि कुटपिट तथा दुर्ववहार भएको छ। मंगलबार राति करिब १० बजेको समयमा सामान बोक्ने ट्रकका चार जना चालकसहितको समूहले कुटपिट तथा दुर्ववहार गरी फरार भएको पीडितले बताएकी छन्।

पीडित भुजेलका अनुसार खाजा घर अगाडि अव्यवस्थित रूपमा सवारी साधन पार्क गरिएको विषयमा गाडी मिलाएर राख्न आग्रह गर्दा चालकहरूले नमानेपछि विवाद सुरु भएको थियो। सोही विवाद चर्किँदै जाँदा चालकसहितको समूहले हातपात तथा दुर्ववहार गरेको बताइएको छ।

घटनापछि भुजेलले आफू असुरक्षित महसुस गरिरहेको बताउँदै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ। उता, स्थानीयवासीहरूले सार्वजनिक स्थलमा व्यवसाय गर्ने महिलामाथि भएको यस्तो घटनाले सुरक्षा चुनौती बढाएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

उनीहरूले दोषीको शीघ्र पहिचान गरी कारबाही गर्न र व्यवसायी महिलाको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सिन्धुलीमा खाजा घर सञ्चालक महिलामाथि कुटपिट, ट्रक चालक समूह फरार

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सिन्धुलीमा खाजा घर सञ्चालक महिलामाथि कुटपिट, ट्रक चालक समूह फरार

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सिन्धुलीमा खाजा घर सञ्चालक महिलामाथि कुटपिट, ट्रक चालक समूह फरार

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सिन्धुलीमा खाजा घर सञ्चालक महिलामाथि कुटपिट, ट्रक चालक समूह फरार

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

सिन्धुलीमा खाजा घर सञ्चालक महिलामाथि कुटपिट, ट्रक चालक समूह फरार

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

सिन्धुलीमा खाजा घर सञ्चालक महिलामाथि कुटपिट, ट्रक चालक समूह फरार

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.