निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

काठमाडौं, पुस २४ गते । आगामी प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरीले ठुलो सङ्ख्यामा म्यादी प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागका अनुसार देशभरबाट कुल १ लाख ३३ हजार ९८० जनाका लागि दरखास्त आह्वान गरिएको हो।

इच्छुक नेपाली नागरिकहरूले पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सार्वजनिक बिदाका दिनसमेत बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फाराम बुझाउने व्यवस्था गरिएको छ। दरखास्तहरू सबै जिल्ला प्रहरी कार्यालय तथा काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रहरी परिसरबाट सङ्कलन गरिनेछ।

भर्नाका लागि उम्मेदवार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, सामान्य लेखपढ गर्न सक्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको तथा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ। साथै शारीरिक र मानसिक रूपमा स्वस्थ हुनु अनिवार्य रहेको प्रहरीले जनाएको छ।

म्यादी प्रहरीको कार्य अवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ। यस अवधिमा उनीहरूले नेपाल प्रहरीको जवान सरहको सुरु तलब स्केलअनुसार पारिश्रमिक पाउनेछन्। साथै रासन (खाना) खर्च, खाजा खर्च र ड्युटीका क्रममा आउजाउका लागि एकपटकको विशेष तयारी खर्च समेत उपलब्ध गराइनेछ।

दरखास्त दिएका उम्मेदवारहरूको छनोट माघ १४ गते सम्बन्धित प्रहरी कार्यालयहरूमा सञ्चालन हुनेछ। अन्तिम नतिजा माघ १७ गते सार्वजनिक गरिने र सफल उम्मेदवारहरूको प्रशिक्षण माघ १८ गतेदेखि सुरु हुने जानकारी दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.