संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

काठमाडौं,बैशाख १४ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासन प्रणालीलाई थप सुदृढ र संस्थागत बनाउने उद्देश्यसहित तयार पारिरहेको संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामा व्यापक चासो देखिएको छ। मन्त्रालयले उक्त मस्यौदा २०८३ साल वैशाख ११ गते आफ्नो आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरेको थियो।

मस्यौदा सार्वजनिक भएयता हालसम्म ३,५०० भन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकबाट प्राप्त सुझावसँगै विभिन्न सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रिया समेत संकलन गरी विश्लेषण गर्ने काम भइरहेको छ।

विधेयकलाई अझ प्रभावकारी र व्यवहारिक बनाउन प्राप्त सुझावहरूको व्यवस्थित अध्ययन तथा विश्लेषण गर्न प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा विशेष कार्यसमूह गठन गरिएको मन्त्रालयले जनाएको छ। कार्यसमूहले प्राप्त सबै सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी उपयुक्त र औचित्यपूर्ण सुझावलाई अन्तिम विधेयकमा समावेश गर्ने प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयका अनुसार हाल सार्वजनिक गरिएको मस्यौदा प्रारम्भिक भएकाले यसमा सुधारका धेरै सम्भावना रहेको स्वीकार गरिएको छ। त्यसैले अन्तिम रूप दिनुअघि सबै सरोकारवालाबाट प्राप्त सुझावलाई प्राथमिकताका साथ अध्ययन गरिने र उपयुक्त देखिएका विषयहरू समेटिने मन्त्रालयले विश्वास दिलाएको छ।

यसअघि उपलब्ध गराइएको अनलाइन लिङ्कका अतिरिक्त इच्छुक व्यक्तिहरूले adminremmofaga@gmail.com
इमेल तथा ९८५१०३६३३२४, ९८५११२४७४७, ९८५११६२४७७ व्हाट्सएप नम्बरमार्फत पनि आफ्ना राय, सुझाव तथा पृष्ठपोषण पठाउन सक्ने व्यवस्था गरिएको छ।

मन्त्रालयले नीति निर्माण प्रक्रियामा सक्रिय सहभागिताका लागि सबै पक्षलाई आह्वान गर्दै प्राप्त सुझावहरूले विधेयकलाई अझ समावेशी र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

Screenshot

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.