भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

भीमफेदी गाउँपालि,बैशाख १७ गते । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको ३० लाख रुपैयाँ बजेट मार्फत ११६ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो।

यस कार्यक्रमअन्तर्गत ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेटिएको गाउँपालिकाले जनाएको छ। बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले कोषमा आवद्ध भएका श्रमिकलाई परिचय पत्र वितरण गरेका थिए।

हालसम्म गाउँपालिकाले ३ सय ११ जना असंगठित क्षेत्रका मजदुरलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेटिसकेको छ। सामाजिक सुरक्षा योजनाअन्तर्गत श्रमिकहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा वृद्धावस्था सुरक्षा जस्ता सुविधा पाउनेछन्।

कोषमा आवद्ध भएपछि स्वास्थ्य उपचार खर्चमा उल्लेखनीय कमी आएको श्रमिकहरूले बताएका छन्। पहिले करिब १० हजार रुपैयाँसम्म खर्च हुने उपचार अहिले करिब २ हजार रुपैयाँमै सम्भव भएको अनुभव उनीहरूको छ।

गाउँपालिकाले श्रमिकको न्यूनतम पारिश्रमिकको ११ प्रतिशत र आफ्नै तर्फबाट ९.३५ प्रतिशत थप गरी कुल २०.३५ प्रतिशत अर्थात् मासिक २४७९ रुपैयाँ कोषमा जम्मा हुने व्यवस्था मिलाएको छ।

भीमफेदी गाउँपालिकाले २०८० साउन ३० गते सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै कार्यक्रम सुरु गरेको थियो। अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने नेपालको पहिलो गाउँपालिका तथा बागमती प्रदेशकै अग्रणी स्थानीय तहको रूपमा भीमफेदी स्थापित भएको छ।

गाउँपालिका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री बानियाँ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.