Day: २०८३ बैशाख १७, बिहीबार २३:५६

पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो

पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो

काठमाडौं,बैशाख १७ गते । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगम सञ्चालक समितिको वैशाख १७ गतेको निर्णयअनुसार नयाँ मूल्य वैशाख १८ गते बिहान १ बजेदेखि लागू भएको हो। नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाइएको छ। यद्यपि, एलपी ग्यासमा भने प्रति सिलिन्डर १५० रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। त्यसैगरी, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलीटर अमेरिकी डलर ४६ ले मूल्य बढाइएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको छ। निगमका…
Read More
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन गृह मन्त्रालयको निर्देशन, जिल्लाबाट योजना माग

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन गृह मन्त्रालयको निर्देशन, जिल्लाबाट योजना माग

काठमाडौं,बैशाख १७ गते । गृह मन्त्रालयले देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। मन्त्रालयअन्तर्गत आन्तरिक प्रशासन, सवारी तथा सभा–समारोह व्यवस्थापन शाखाबाट जारी परिपत्रअनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी सो हटाउने कार्ययोजना तयार गर्न भनिएको हो। यसअघि मन्त्रालयले मिति २०८२ साल चैत्र २० गतेको पत्रमार्फत नै सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा अभिलेख व्यवस्थापन सम्बन्धी निर्देशन दिएको थियो। सोही निर्णयलाई कार्यान्वयनमा ल्याउने क्रममा हाल पुनः जिल्लास्तरमा सक्रियता बढाउन आग्रह गरिएको हो। मिति २०८३ साल वैशाख १६ गते सचिवस्तरको निर्णयअनुसार सम्बन्धित निकायहरूसँग समन्वय गरी अतिक्रमित जग्गाको…
Read More
बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१ गते सार्वजनिक विदा

बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१ गते सार्वजनिक विदा

थाहा नगरपालिका,बैशाख १७ गते । थाहा नगरपालिका, मकवानपुरले ऐतिहासिक बज्रबाराही अजिमा जात्राको अवसरमा आगामी वैशाख २१ गते (सोमबार) नगर क्षेत्रभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। नगर कार्यपालिकाको वैशाख १६ गते बसेको बैठकले हरेक तीन वर्षमा मनाइने यस महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक जात्रालाई सम्मान गर्दै उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलद्वारा जारी सूचनामा नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरूमा विदा लागू हुने जनाइएको छ। बज्रबाराही अजिमा जात्रा थाहा नगरपालिकाको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। यस अवसरमा स्थानीयवासीहरू परम्परागत रूपमा पूजा, जात्रा र विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै…
Read More
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

काठमाडौं,बैशाख १७ गते । नेपाल पत्रकार महासंघले तीन तहका सरकारका विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय विरुद्ध देशव्यापी दबाबमूलक अभियानलाई निरन्तरता दिएको छ। महासंघले उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक व्यवस्था, खुला अर्थनीति र संघीयताको मर्मविपरीत रहेको ठहर गरेको छ। सोही आधारमा निर्णय फिर्ता गराउन अभियान सञ्चालन भइरहेको महासंघले जनाएको छ। अभियान अन्तर्गत आज महासंघको केन्द्रीय समितिले विभिन्न राजनीतिक दलका संसदीय दलका नेता तथा सचेतकहरूसँग छलफल गरेको छ। छलफलका क्रममा महासंघले निर्णयको प्रभावबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाएको छ। महासंघले उक्त निर्णयले निजी तथा स्वतन्त्र सञ्चारमाध्यमहरूलाई आर्थिक रूपमा कमजोर बनाउने र सञ्चार…
Read More
सार्वजनिक बिदाका बीच पनि वैशाख १८ गते देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन हुने

सार्वजनिक बिदाका बीच पनि वैशाख १८ गते देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन हुने

काठमाडौं,बैशाख १७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगातार तीन दिन सार्वजनिक बिदा परेकाले स्वास्थ्य सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै वैशाख १८ गते देशभरका सरकारी अस्पतालमा ओपिडी (बहिरङ्ग) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार वैशाख १८, १९ र २० गते लगातार सार्वजनिक बिदा परेकाले सरकारी अस्पतालहरूमा नियमित ओपिडी सेवा प्रभावित हुने सम्भावना रहेको छ। यसबाट सेवाग्राहीलाई स्वास्थ्य सेवा लिन असुविधा हुन सक्ने देखिएकाले यस्तो निर्णय गरिएको हो। सेवाग्राहीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वैशाख १८ गते देशभरका सबै सरकारी अस्पतालहरूमा ओपिडी सेवा सञ्चालन गर्न सम्बन्धित अस्पताल प्रशासनलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह-प्रवक्ता…
Read More
मकवानपुरमा सुकुम्बासीबारे फैलिएका हल्ला निराधार: सांसद प्रशान्त उप्रेती

मकवानपुरमा सुकुम्बासीबारे फैलिएका हल्ला निराधार: सांसद प्रशान्त उप्रेती

हेटौडा,बैशाख १७ गते । प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेतीले काठमाडौँमा हालै सुकुम्बासी बस्ती खाली गराइएपछि मकवानपुर क्षेत्रमा फैलिएका भ्रम र अफवाह प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले काठमाडौँको अवस्था र मकवानपुरको परिस्थिति पूर्ण रूपमा फरक रहेको स्पष्ट पारे। “सरकार कसैलाई पनि घरबारविहीन बनाउने पक्षमा छैन,” उनले उल्लेख गर्दै जनताको गास, बास र कपास जस्ता आधारभूत आवश्यकता प्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले स्थानीय बासिन्दालाई ढुक्क हुन आग्रह गर्दै आफ्नो क्षेत्रका नागरिकको हक र हितको पक्षमा सधैं दृढता पूर्वक उभिने प्रतिबद्धता व्यक्त गरे। साथै, आधिकारिक सूचना बाहेक अन्य कुनै पनि हल्ला,…
Read More
भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

भीमफेदी गाउँपालि,बैशाख १७ गते । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको ३० लाख रुपैयाँ बजेट मार्फत ११६ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो। यस कार्यक्रमअन्तर्गत ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेटिएको गाउँपालिकाले जनाएको छ। बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले कोषमा आवद्ध भएका श्रमिकलाई परिचय पत्र वितरण गरेका थिए। हालसम्म गाउँपालिकाले ३ सय ११ जना असंगठित क्षेत्रका मजदुरलाई योगदानमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.