पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो

काठमाडौं,बैशाख १७ गते । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगम सञ्चालक समितिको वैशाख १७ गतेको निर्णयअनुसार नयाँ मूल्य वैशाख १८ गते बिहान १ बजेदेखि लागू भएको हो।

नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाइएको छ। यद्यपि, एलपी ग्यासमा भने प्रति सिलिन्डर १५० रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

त्यसैगरी, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलीटर अमेरिकी डलर ४६ ले मूल्य बढाइएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको छ।

निगमका अनुसार विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। सोही कारण इन्डियन आयल कर्पोरेशन बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न कठिन भएको बताइएको छ।

मूल्य समायोजनपछि पनि निगमलाई करिब १ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ। निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ।

नोटअनुसार विभिन्न क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य निर्धारण गरिएको छ, जसमा पहिलो वर्गमा विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

पेट्रोलियम पदार्थमा मूल्य समायोजन: पेट्रोल–डिजेल सस्तो, ग्यास महँगो

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.