सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

काठमाडौं,बैशाख १७ गते । नेपाल पत्रकार महासंघले तीन तहका सरकारका विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय विरुद्ध देशव्यापी दबाबमूलक अभियानलाई निरन्तरता दिएको छ।

महासंघले उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक व्यवस्था, खुला अर्थनीति र संघीयताको मर्मविपरीत रहेको ठहर गरेको छ। सोही आधारमा निर्णय फिर्ता गराउन अभियान सञ्चालन भइरहेको महासंघले जनाएको छ।

अभियान अन्तर्गत आज महासंघको केन्द्रीय समितिले विभिन्न राजनीतिक दलका संसदीय दलका नेता तथा सचेतकहरूसँग छलफल गरेको छ। छलफलका क्रममा महासंघले निर्णयको प्रभावबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाएको छ।

महासंघले उक्त निर्णयले निजी तथा स्वतन्त्र सञ्चारमाध्यमहरूलाई आर्थिक रूपमा कमजोर बनाउने र सञ्चार क्षेत्रको बहुलवादमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ। साथै, सरकारले निर्णय पुनर्विचार गरी प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने माग पनि गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.