बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१ गते सार्वजनिक विदा

थाहा नगरपालिका,बैशाख १७ गते । थाहा नगरपालिका, मकवानपुरले ऐतिहासिक बज्रबाराही अजिमा जात्राको अवसरमा आगामी वैशाख २१ गते (सोमबार) नगर क्षेत्रभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको वैशाख १६ गते बसेको बैठकले हरेक तीन वर्षमा मनाइने यस महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक जात्रालाई सम्मान गर्दै उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलद्वारा जारी सूचनामा नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरूमा विदा लागू हुने जनाइएको छ।

बज्रबाराही अजिमा जात्रा थाहा नगरपालिकाको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। यस अवसरमा स्थानीयवासीहरू परम्परागत रूपमा पूजा, जात्रा र विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै उत्सव मनाउने गर्दछन्।

नगरपालिकाले सम्पूर्ण नगरवासीलाई उक्त पर्वमा सहभागी भई यसको गरिमा बढाउन अनुरोध समेत गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१ गते सार्वजनिक विदा

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१ गते सार्वजनिक विदा

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१ गते सार्वजनिक विदा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१ गते सार्वजनिक विदा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१ गते सार्वजनिक विदा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

बज्रबाराही अजिमा जात्राको अवसरमा थाहा नगरपालिकामा वैशाख २१ गते सार्वजनिक विदा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.