मकवानपुरमा सुकुम्बासीबारे फैलिएका हल्ला निराधार: सांसद प्रशान्त उप्रेती

हेटौडा,बैशाख १७ गते । प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेतीले काठमाडौँमा हालै सुकुम्बासी बस्ती खाली गराइएपछि मकवानपुर क्षेत्रमा फैलिएका भ्रम र अफवाह प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले काठमाडौँको अवस्था र मकवानपुरको परिस्थिति पूर्ण रूपमा फरक रहेको स्पष्ट पारे। “सरकार कसैलाई पनि घरबारविहीन बनाउने पक्षमा छैन,” उनले उल्लेख गर्दै जनताको गास, बास र कपास जस्ता आधारभूत आवश्यकता प्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

उनले स्थानीय बासिन्दालाई ढुक्क हुन आग्रह गर्दै आफ्नो क्षेत्रका नागरिकको हक र हितको पक्षमा सधैं दृढता पूर्वक उभिने प्रतिबद्धता व्यक्त गरे। साथै, आधिकारिक सूचना बाहेक अन्य कुनै पनि हल्ला, भ्रम वा त्रासमा नपर्न सबैमा अनुरोध गरेका छन्।

उनका अनुसार पछिल्लो समय फैलिएका अफवाहहरूले स्थानीय जनतामा अनावश्यक त्रास सिर्जना गरिरहेको भन्दै उनले संयमित रहन र सत्यतथ्यमा आधारित सूचना मात्र विश्वास गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा सुकुम्बासीबारे फैलिएका हल्ला निराधार: सांसद प्रशान्त उप्रेती

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मकवानपुरमा सुकुम्बासीबारे फैलिएका हल्ला निराधार: सांसद प्रशान्त उप्रेती

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मकवानपुरमा सुकुम्बासीबारे फैलिएका हल्ला निराधार: सांसद प्रशान्त उप्रेती

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मकवानपुरमा सुकुम्बासीबारे फैलिएका हल्ला निराधार: सांसद प्रशान्त उप्रेती

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मकवानपुरमा सुकुम्बासीबारे फैलिएका हल्ला निराधार: सांसद प्रशान्त उप्रेती

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मकवानपुरमा सुकुम्बासीबारे फैलिएका हल्ला निराधार: सांसद प्रशान्त उप्रेती

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.