माहालक्ष्मी पुल,जेठ १३ गते। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत माहालक्ष्मी पुल नजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालक सामान्य घाइते भएका छन्।
आज बिहान करिब १०ः३० बजेतिर काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० देखि ४५ मिटर तल खसेर दुर्घटनामा परेको स्थानीयले बताएका छन्। दुर्घटनामा मोटरसाइकल चालक घाइते भए पनि अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनापछि स्थानीयवासीको सहयोगमा घाइते चालकको उद्धार गरिएको थियो।
प्रतिकृया दिनुहोस्
Post Views: 37













