Day: २०८३ जेष्ठ १३, बुधबार २३:५६

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

हेटौंडा,जेठ १३ गते। हेटौंडा उपमहानगरपालिका–१५ र १७ नम्बर वडामा सञ्चालन गरिएको गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत उद्यमशीलता प्रवर्द्धन, पशुपालन तथा कृषि व्यवसाय सम्बन्धी तालिम सम्पन्न भएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा साथै उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु कुमारी लामिछाने सहभागी भएका थिए । दिगो आयआर्जनलाई लक्षित गर्दै सञ्चालन गरिएको तालिमले महिलाहरूलाई कृषि तथा पशुपालन व्यवसायतर्फ प्रेरित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । तालिममा सहभागी महिलाहरूले विशेषगरी बाख्रापालन सम्बन्धी व्यावहारिक तथा व्यवसायिक जानकारी लिएका थिए । कार्यक्रममार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने, सीप विकास गर्ने तथा स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको थियो । सामाजिक विकास कार्यालय…
Read More
हेटौंडामा निःशुल्क बारिस्टा तालिम सम्पन्न : युवालाई स्वदेशमै स्वरोजगारतर्फ प्रेरित गर्दै उपमहानगर

हेटौंडामा निःशुल्क बारिस्टा तालिम सम्पन्न : युवालाई स्वदेशमै स्वरोजगारतर्फ प्रेरित गर्दै उपमहानगर

हेटौंडा,जेठ १३ गते। युवालाई स्वदेशमै रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क बारिस्टा तालिम सम्पन्न भएको छ। बागमती एजुकेशन कन्सल्टेन्सी प्रा.लि.द्वारा सञ्चालन गरिएको उक्त तालिमको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा सहभागी भएकी थिइन्। कार्यक्रममा नगर प्रमुख लामाले युवाहरूलाई विदेशिने बाध्यता कम गर्दै देशभित्रै सीप, व्यवसाय र रोजगारी सिर्जना गर्न यस्ता तालिम प्रभावकारी हुने बताए। उनले उपमहानगरले विभिन्न सहकार्यकारी संस्थासँग मिलेर युवाकेन्द्रित सीपमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि स्वरोजगार प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए। तालिममा सहभागी युवाहरूले कफी बनाउने विधि, ग्राहक सेवा, क्याफे सञ्चालन…
Read More
“सहयोगको अपिल होइन, राज्यको उत्तरदायित्व चाहिन्छ” — सामाजिक अभियन्ता विशालराज महत

“सहयोगको अपिल होइन, राज्यको उत्तरदायित्व चाहिन्छ” — सामाजिक अभियन्ता विशालराज महत

हेटौंडा,जेठ १३ गते। सेवा, सहयोग र सामाजिक आवाजका क्षेत्रमा सक्रिय अभियन्ता विशालराज महतले नेपालमा बढ्दो स्वास्थ्य समस्या, उपचार खर्चको अभाव र बिरामी बालबालिकाका लागि सामाजिक सञ्जाल मार्फत गरिने सहयोग अपिलप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत दीर्घकालीन समाधानतर्फ राज्यको ध्यान जानुपर्ने धारणा सार्वजनिक गरेका हुन्। महतले नेपाल जस्तो विकासउन्मुख देशमा अझै पनि धेरै नागरिक आधारभूत आवश्यकता पूरा गर्न संघर्षरत रहेको उल्लेख गर्दै अस्वस्थ जीवनशैली, रसायनयुक्त तथा विषादी मिसिएका खाद्यवस्तुको प्रयोगले स्वास्थ्य समस्या जटिल बन्दै गएको बताएका छन्। विशेषगरी साना बालबालिकामा गम्भीर रोग बढ्दै जानु र उपचार खर्च धान्न नसकेर सामाजिक सञ्जालमा सहयोग माग्नुपर्ने अवस्था दुःखद भएको…
Read More
प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

काठमाडौं,जेठ १३ गते। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत गतिविधि बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय अनलाइन मिडिया, युट्युब, फेसबुक पेज तथा रिलमार्फत अपुष्ट, भ्रामक र मोनेटाइजेसन केन्द्रित सामग्री सम्प्रेषण हुने प्रवृत्ति बढेको उल्लेख गरेको हो। काउन्सिलका अनुसार अनलाइन न्युज पोर्टल दर्ता गरेर समाचार सामग्री प्रकाशन नगरी सामाजिक सञ्जालमार्फत भ्युज बढाउने उद्देश्यले अपुष्ट सामग्री फैलाउने, विद्यालय, अस्पताल तथा सरकारी कार्यालयमा बिना अनुमति प्रवेश गरी अमर्यादित व्यवहार गर्ने तथा बालबालिकासँग अनुमति बेगर अन्तर्वार्ता लिई भिडियो सार्वजनिक गर्ने कार्य बढ्दो अवस्थामा रहेका छन्। त्यस्तै सञ्चारमाध्यममा प्रकाशित सामग्रीकै आधारमा पत्रकार तथा सञ्चारकर्मीमाथि सामाजिक…
Read More
बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

बस्तिपुर,जेठ १३ गते। बस्तिपुर जेसिज मनहरीले नेपाल जेसिजका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान गरेको छ । शाखा भ्रमणका क्रममा मनहरी आइपुगेका भण्डारीलाई भेटघाट तथा स्वागत कार्यक्रम मार्फत सम्मान गरिएको हो । हेटौंडा–४ स्थित बाइपास रोडको कफी बारमा आयोजित कार्यक्रममा शाखाका पदाधिकारी तथा सदस्यहरूले शाखासँग सम्बन्धित समस्या, चुनौती तथा जिज्ञासाहरू राखेका थिए । सहभागीहरूले संगठन सुदृढीकरण, सदस्यता विस्तार, नेतृत्व विकास तथा आगामी कार्यक्रम सञ्चालनका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीले शाखाबाट उठाइएका समस्या तथा जिज्ञासाको जवाफ दिँदै समाधानका सम्भावित उपायहरूबारे सुझाव दिएका थिए । उनले शाखा र नेपाल जेसिजबीच…
Read More
इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना : सडकबाट ४५ मिटर तल खस्दा चालक सामान्य घाइते

इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना : सडकबाट ४५ मिटर तल खस्दा चालक सामान्य घाइते

माहालक्ष्मी पुल,जेठ १३ गते। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत माहालक्ष्मी पुल नजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालक सामान्य घाइते भएका छन्। आज बिहान करिब १०ः३० बजेतिर काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० देखि ४५ मिटर तल खसेर दुर्घटनामा परेको स्थानीयले बताएका छन्। दुर्घटनामा मोटरसाइकल चालक घाइते भए पनि अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनापछि स्थानीयवासीको सहयोगमा घाइते चालकको उद्धार गरिएको थियो।
Read More
पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सिन्धुलीमा एआइसहित खोज तथा मोबाइल पत्रकारिता तालिम सञ्चालन हुने

पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सिन्धुलीमा एआइसहित खोज तथा मोबाइल पत्रकारिता तालिम सञ्चालन हुने

सिन्धुली,जेठ १३ गते। नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले जिल्लाका पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खोज पत्रकारिता, फोटो तथा भिडियो पत्रकारिता, मोबाइल पत्रकारिता र प्रविधिमैत्री पत्रकारिता सम्बन्धी एआइ (कृत्रिम बुद्धिमत्ता) तालिम सञ्चालन गर्ने भएको छ। महासङ्घ शाखाले जारी गरेको सूचनाअनुसार तालिममा सहभागी हुन इच्छुक सिन्धुली जिल्लामा क्रियाशील पत्रकारहरूबाट निवेदन आह्वान गरिएको हो। तालिमले पत्रकारहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै डिजिटल पत्रकारितामा दक्ष बनाउने अपेक्षा गरिएको शाखाले जनाएको छ। तालिममा सहभागी हुन इच्छुक पत्रकारहरूले आफ्नो परिचय खुल्ने विवरणसहित जेठ १५ गतेभित्र नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ। थप जानकारीका लागि शाखा अध्यक्षको नम्बर ९८६९८८८८९१ तथा सचिवको नम्बर ९८५४०४२६४९ मा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.