हेटौंडामा निःशुल्क बारिस्टा तालिम सम्पन्न : युवालाई स्वदेशमै स्वरोजगारतर्फ प्रेरित गर्दै उपमहानगर

हेटौंडा,जेठ १३ गते। युवालाई स्वदेशमै रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क बारिस्टा तालिम सम्पन्न भएको छ।

बागमती एजुकेशन कन्सल्टेन्सी प्रा.लि.द्वारा सञ्चालन गरिएको उक्त तालिमको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा सहभागी भएकी थिइन्। कार्यक्रममा नगर प्रमुख लामाले युवाहरूलाई विदेशिने बाध्यता कम गर्दै देशभित्रै सीप, व्यवसाय र रोजगारी सिर्जना गर्न यस्ता तालिम प्रभावकारी हुने बताए।

उनले उपमहानगरले विभिन्न सहकार्यकारी संस्थासँग मिलेर युवाकेन्द्रित सीपमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि स्वरोजगार प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

तालिममा सहभागी युवाहरूले कफी बनाउने विधि, ग्राहक सेवा, क्याफे सञ्चालन सम्बन्धी आधारभूत ज्ञान तथा बारिस्टा पेशासँग सम्बन्धित व्यावहारिक सीप हासिल गरेका थिए। सहभागीहरूले प्राप्त सीपले आफ्नै व्यवसाय सञ्चालन गर्न तथा होटल, रेस्टुरेन्ट र क्याफे क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.