सिन्धुली,जेठ १३ गते। नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले जिल्लाका पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खोज पत्रकारिता, फोटो तथा भिडियो पत्रकारिता, मोबाइल पत्रकारिता र प्रविधिमैत्री पत्रकारिता सम्बन्धी एआइ (कृत्रिम बुद्धिमत्ता) तालिम सञ्चालन गर्ने भएको छ।
महासङ्घ शाखाले जारी गरेको सूचनाअनुसार तालिममा सहभागी हुन इच्छुक सिन्धुली जिल्लामा क्रियाशील पत्रकारहरूबाट निवेदन आह्वान गरिएको हो। तालिमले पत्रकारहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै डिजिटल पत्रकारितामा दक्ष बनाउने अपेक्षा गरिएको शाखाले जनाएको छ।
तालिममा सहभागी हुन इच्छुक पत्रकारहरूले आफ्नो परिचय खुल्ने विवरणसहित जेठ १५ गतेभित्र नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।
थप जानकारीका लागि शाखा अध्यक्षको नम्बर ९८६९८८८८९१ तथा सचिवको नम्बर ९८५४०४२६४९ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।













