विश्व वातावरण दिवसको अवसरमा पाथीभरा मन्दिर क्षेत्रमा १०० भन्दा बढी फूलका बिरुवा रोपियो

हेटौंडा,जेठ १९ गते। हेटौंडा । विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१ स्थित पाथीभरा मन्दिर जाने बाटो क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न जातका १०० भन्दा बढी फूलका बिरुवा रोपिएका छन्। कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, वातावरण इन्जिनियर चन्दा खड्का, वातावरण शाखा प्रमुख हिमप्रसाद पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक देवकुमार श्रेष्ठ, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–११ का अध्यक्ष यज्ञबहादुर आचार्य लगायत जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख मिना कुमारी लामाले वृक्षारोपण केवल बिरुवा रोप्ने कार्य नभई भावी पुस्तालाई स्वच्छ र स्वस्थ वातावरण हस्तान्तरण गर्ने अभियान भएको बताइन्। वातावरण संरक्षणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले रोपिएका बिरुवाको संरक्षणमा स्थानीय समुदाय, मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताइन्।

नगर प्रमुख लामाले हराभरा, स्वच्छ तथा वातावरणमैत्री नगर निर्माणका लागि उपमहानगरपालिका निरन्तर क्रियाशील रहेको उल्लेख गरिन्।

कार्यक्रमका अध्यक्ष तथा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले विश्व वातावरण दिवसलाई औपचारिकतामा सीमित नराखी व्यवहारिक रूपमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गरिएको बताए। गत वर्ष रोपिएका बिरुवाहरू स्थानीय समुदायको संरक्षणका कारण राम्रो अवस्थामा रहेको उल्लेख गर्दै उनले यस वर्ष थप क्षेत्रमा वृक्षारोपण गरिएको जानकारी दिए।

उनले वातावरण संरक्षण कुनै एक निकाय वा सरकारको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउँदै रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायको साथ र सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ नगर निर्माणका लागि सामूहिक प्रयास अपरिहार्य रहेकोमा जोड दिएका थिए। आयोजकका अनुसार विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका विभिन्न गतिविधिले वातावरणीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

पाथीभरा मन्दिर क्षेत्रमा गरिएको वृक्षारोपणले क्षेत्रको सौन्दर्य बढाउनुका साथै वातावरणीय सन्तुलन कायम गर्न र हरियाली विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

विश्व वातावरण दिवसको अवसरमा पाथीभरा मन्दिर क्षेत्रमा १०० भन्दा बढी फूलका बिरुवा रोपियो

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

विश्व वातावरण दिवसको अवसरमा पाथीभरा मन्दिर क्षेत्रमा १०० भन्दा बढी फूलका बिरुवा रोपियो

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

विश्व वातावरण दिवसको अवसरमा पाथीभरा मन्दिर क्षेत्रमा १०० भन्दा बढी फूलका बिरुवा रोपियो

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

विश्व वातावरण दिवसको अवसरमा पाथीभरा मन्दिर क्षेत्रमा १०० भन्दा बढी फूलका बिरुवा रोपियो

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

विश्व वातावरण दिवसको अवसरमा पाथीभरा मन्दिर क्षेत्रमा १०० भन्दा बढी फूलका बिरुवा रोपियो

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

विश्व वातावरण दिवसको अवसरमा पाथीभरा मन्दिर क्षेत्रमा १०० भन्दा बढी फूलका बिरुवा रोपियो

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.