Day: २०८३ जेष्ठ १९, मंगलवार २२:२५

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

हेटौंडा,जेठ १९ गते। सामाजिक अभियन्ता तथा सेवा सहयोग र आवाजका अध्यक्ष विशालराज महतले सर्प उद्धारकर्ताहरूको सुरक्षा, सम्मान र भविष्य सुनिश्चित गर्न राज्यले विशेष नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले समाजको सुरक्षाका लागि निरन्तर खटिने सर्प उद्धारकर्ताहरूको योगदानको उचित मूल्याङ्कन हुन नसकेको बताएका छन्। उनले सर्प उद्धार कार्यलाई केवल स्वयंसेवी गतिविधिका रूपमा नभई सार्वजनिक सुरक्षा र वातावरण संरक्षणसँग जोडिएको महत्वपूर्ण सेवाका रूपमा राज्यले स्वीकार गर्नुपर्ने उल्लेख गरेका छन्। महतले मकवानपुरका सक्रिय सर्प उद्धारकर्ता राजेश थापा (गरिब) सर्प उद्धारकै क्रममा सर्पदंशको शिकार भई हेटौंडा अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत रहेको उल्लेख गर्दै…
Read More
हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

हेटौंडा,जेठ १९ गते। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बागमती प्रदेशस्तरीय ‘कम्युनिटी कोचिङ कोर्स’ हेटौंडामा सुरु भएको छ। फुटबलको आधारभूत तहदेखि विकास गर्दै दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको कोर्सको उद्घाटन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाले गरेका छन्। हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सञ्चालन भइरहेको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाबाट ९१ जना प्रशिक्षार्थी सहभागी भएका छन्। उद्घाटन कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य टिका लामा, परिषद्का सदस्य सविन भट्टाचार्य तथा प्रशिक्षक (इन्स्ट्रक्टर) टेकनारायण श्रेष्ठ र चेतन घिमिरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक अमृत लुङ्बाका अनुसार तालिमका क्रममा सहभागीहरूलाई फुटबलका आधारभूत सिद्धान्त, खेल कौशल, प्रशिक्षण पद्धति तथा…
Read More
बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

हेटौंडा,जेठ १९ गते। हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले मुलुकको विकास र समृद्धिका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र जिम्मेवार बजेट कार्यान्वयन आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिग्देलले आगामी आर्थिक वर्षका लागि संघीय सरकारले जेठ १५ गते बजेट प्रस्तुत गरिसकेको, प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तथा स्थानीय तहहरूले असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गरेका छन्। उनले संघीय सरकारले मकवानपुर जिल्लाका विभिन्न क्षेत्रका लागि कति बजेट विनियोजन गरेको छ भन्ने विषय अझै स्पष्ट रूपमा सार्वजनिक नभएको भन्दै यसबारे जिल्लावासी नागरिकहरू अनभिज्ञ रहेको बताए। विकासका…
Read More
हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

हेटौंडा,जेठ १९ गते। मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मंगलबार साँझ हेटौंडा उपमहानगरपालिका–११, थानाभर्‍याङ क्षेत्रमा चेकजाँचका क्रममा स्थानीय २३ वर्षीय समिर क्षेत्रीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार साँझ करिब ६:१० बजे गरिएको खानतलासीका क्रममा क्षेत्रीको साथबाट ६२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको थियो। बरामद पदार्थसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका क्षेत्रीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। यसका लागि सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी…
Read More
सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

हेटौंडा,जेठ १९ गते। सामाजिक अभियन्ता तथा सेवा सहयोग र आवाजका अध्यक्ष विशालराज महतले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको सुरक्षा, सम्मान र राष्ट्रिय पहिचानको संरक्षणका लागि सरकारले ठोस नीति र प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरेको धारणा अनुसार राष्ट्रियताको विषय भाषण र नारामा मात्र सीमित हुन नहुने बताएका छन्। उनले ग्रेटर नेपाल, सन् १९५० को नेपाल–भारत सन्धि तथा विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबारे बहस हुने गरे पनि सीमामा बस्ने नेपाली नागरिकहरू दैनिक रूपमा आफ्नो अस्तित्व, सुरक्षा र राष्ट्रिय पहिचानको रक्षा गर्न संघर्षरत रहेको उल्लेख गरेका छन्। उनले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीहरू आफ्नो तथा परिवारको ज्यान…
Read More
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

हेटौंडा,जेठ १९ गते। हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रतिपक्षी दलहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशय व्यक्त गरेको विषयलाई लिएर मकवानपुरका चार प्रतिपक्षी राजनीतिक दलहरूले गम्भीर चासो र आपत्ति जनाएका छन्। उक्त विषयमा छलफल गर्न सोमबार हेटौंडास्थित नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी तथा श्रम संस्कृति पार्टीका प्रतिनिधिहरूबीच विशेष बैठक सम्पन्न भएको हो। बैठकमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा (एमाले) मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामा, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयोजक ध्रुव भुजेल तथा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सुन्दर लामाको सहभागिता रहेको थियो।…
Read More
विश्व वातावरण दिवसको अवसरमा पाथीभरा मन्दिर क्षेत्रमा १०० भन्दा बढी फूलका बिरुवा रोपियो

विश्व वातावरण दिवसको अवसरमा पाथीभरा मन्दिर क्षेत्रमा १०० भन्दा बढी फूलका बिरुवा रोपियो

हेटौंडा,जेठ १९ गते। हेटौंडा । विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१ स्थित पाथीभरा मन्दिर जाने बाटो क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न जातका १०० भन्दा बढी फूलका बिरुवा रोपिएका छन्। कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, वातावरण इन्जिनियर चन्दा खड्का, वातावरण शाखा प्रमुख हिमप्रसाद पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक देवकुमार श्रेष्ठ,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.