हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

हेटौंडा,जेठ १९ गते। मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मंगलबार साँझ हेटौंडा उपमहानगरपालिका–११, थानाभर्‍याङ क्षेत्रमा चेकजाँचका क्रममा स्थानीय २३ वर्षीय समिर क्षेत्रीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार साँझ करिब ६:१० बजे गरिएको खानतलासीका क्रममा क्षेत्रीको साथबाट ६२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको थियो। बरामद पदार्थसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका क्षेत्रीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। यसका लागि सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.