प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

हेटौंडा,जेठ १९ गते। हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रतिपक्षी दलहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशय व्यक्त गरेको विषयलाई लिएर मकवानपुरका चार प्रतिपक्षी राजनीतिक दलहरूले गम्भीर चासो र आपत्ति जनाएका छन्।

उक्त विषयमा छलफल गर्न सोमबार हेटौंडास्थित नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी तथा श्रम संस्कृति पार्टीका प्रतिनिधिहरूबीच विशेष बैठक सम्पन्न भएको हो।

बैठकमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा (एमाले) मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामा, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयोजक ध्रुव भुजेल तथा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सुन्दर लामाको सहभागिता रहेको थियो।

बैठकले प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट व्यक्त गरेको अभिव्यक्तिप्रति विशेष ध्यानाकर्षण भएको जनाएको छ। सहभागी दलहरूले यदि नेपालले भारतको सीमा मिचेको भन्ने दाबी सत्य हो भने त्यसलाई तथ्य र प्रमाणसहित सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन्।

बैठकमा सहभागी नेताहरूले विशिष्ट र जिम्मेवार पदमा रहेका व्यक्तिले राष्ट्रिय सार्वभौमसत्ता, सीमा तथा अन्तर्राष्ट्रिय सम्बन्धजस्ता संवेदनशील विषयमा बोल्दा पर्याप्त आधार र प्रमाणका साथ अभिव्यक्ति दिनुपर्नेमा जोड दिएका थिए। बिना प्रमाण यस्ता विषय उठाउँदा राष्ट्रिय हित र नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पर्न सक्ने उनीहरूको भनाइ थियो।

श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिले उत्पन्न गरेको विषयवस्तुमा चार राजनीतिक दलबीच गम्भीर छलफल भएको छ। बैठकले यस विषयमा साझा धारणा तयार गरी छिट्टै संयुक्त रूपमा सार्वजनिक गर्ने समेत निर्णय गरेको जनाएको छ।

मकवानपुरका प्रतिपक्षी दलहरूले राष्ट्रिय हित, सार्वभौमसत्ता तथा सीमा सम्बन्धी विषयमा सरकार थप जिम्मेवार र तथ्यमा आधारित हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.