मकवानपुर। आज मकवानपुर गढी गाउँपालिकाले आगामी वर्षको लागि अर्थात् २०८२/८३ को लागि भनेर ल्याएको बजेटलाई पालिका स्तरीय गाउँसभाले स्वीकृत गरेको छ।
पालिका स्तरीय गाउँ सभाले राखेको आजको बैठकले १२ औं गाउँसभाको तेस्रो अन्तर्गत रहेको बैठकले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटलाई अनुमोदन सहित स्वीकृत गरेको हो। गाउँसभाले स्वीकृत गरेको कुल बजेट ७४ करोड ५ लाख ५४ हजार रुपैयाँ रहेको छ।
पालिका स्तरीय गाउँसभाले स्वीकृत गरेको उक्त बजेटलाई पालिकाले कुल चालू खर्चतर्फ ४० करोड ७० लाख ६६ हजार रकम विनियोजन सहित छुटाएको छ। भने पुँजीगत कुल ३२ करोड ३५ लाख १८ हजार रकम विनियोजन गरिएको छ।
गाउँसभाले स्वीकृत गरेको बजेटका स्रोतहरूमा संघीय सरकारबाट ४३ करोड ६१ लाख उठाइने लक्ष्य गाउँपालिकाले राखिएको छ। भने प्रदेश सरकारबाट ९ करोड ४० लाख ३ हजार रुपैयाँ र आन्तरिक स्रोतबाट कुल ४ करोड ७५ लाख रुपैयाँ उठाउने गाउँपालिकाको उद्देश्य देखिएको छ।
पालिकास्तरीय गाउँसभाको १२ औँ बैठकको वार्षिक नीति तथा कार्यक्रम र बजेटलाई मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी मानकुमारी पाख्रिनद्वारा प्रस्तुत भएका थिए।














