Day: २०८२ असार ३१, मंगलवार २३:४०

सुन चोरीको आरोपमा बुटवलका तीन युवा पक्राउ

सुन चोरीको आरोपमा बुटवलका तीन युवा पक्राउ

बुटवल। रुपन्देहीको तिलोत्तमा जानकीनगरस्थित एक घरबाट भएको सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ। यही जेठ २५ गते ध्रुव भण्डारीको घरबाट गरगहना चोरी भएको घटनामा प्रहरीले चोरी भएको सुनका गहनासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका वडा नं. ७ का २३ वर्षीय विष्णु थापा, वडा नं. १३ का २५ वर्षीय युसुफ गुरुङ, र वडा नं. ६ का २२ वर्षीय विशाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए। प्रहरीले पक्राउ परेकाहरूको शरीर खानतलासी गर्दा कुच्चिएको अवस्थामा एक थान मंगलसूत्र बरामद गरेको जनाएको छ। उनीहरूमाथि चोरी कसुरमा इलाका…
Read More
धरहरा खुल्ने समय थप, सार्वजनिक बिदाका दिन पनि अवलोकन गर्न पाइने

धरहरा खुल्ने समय थप, सार्वजनिक बिदाका दिन पनि अवलोकन गर्न पाइने

काठमाडौं। काठमाडौंको पर्यटकीय गन्तव्य धरहरा अब साउन १ गतेदेखि बिहान ८ बजेबाट बेलुकी ८ बजेसम्म खुल्ने भएको छ। यसअघि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने गरेको धरहराको समय अवधि सहरी विकास मन्त्रालयले थप गरेको हो। मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार, अब सार्वजनिक बिदाका दिनमा पनि धरहरा अवलोकनका लागि खुला रहनेछ। हाल सार्वजनिक बिदामा बन्द रहने र शनिबारको सट्टा बुधबार साप्ताहिक बिदा दिइने धरहरा अब दुई सिफ्टमा सञ्चालन हुने भएको हो।
Read More
बीपी राजमार्गमा राति १२ घण्टा सवारी आवतजावतमा रोक

बीपी राजमार्गमा राति १२ घण्टा सवारी आवतजावतमा रोक

काभ्रेपलाञ्चोक। बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा साउन १ गतेदेखि रातिको समयमा सवारी आवागमनमा १२ घण्टाको रोक लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मंगलबार बसेको सुरक्षा समिति बैठकले यो निर्णय गरेको हो। मनसुन सक्रिय रहेको र सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि एक महिनाको अवधिका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ। यो प्रतिबन्ध काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म लागू हुनेछ। यसअघि, असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा तथा अन्तरजिल्ला समन्वय समितिहरूको बैठकले असार ७ गतेदेखि साँझ ६:३० बजेबाट बिहान ६ बजेसम्म बीपी राजमार्गमा यातायातमा रोक लगाएको थियो, जसलाई असार मसान्तसम्म निरन्तरता दिइएको…
Read More
गढी गाउँपालिकाले ल्याएको करिब ७४ करोड ५ लाख बजेटलाई गाउँसभाले स्वीकृत गर्यो

गढी गाउँपालिकाले ल्याएको करिब ७४ करोड ५ लाख बजेटलाई गाउँसभाले स्वीकृत गर्यो

मकवानपुर। आज मकवानपुर गढी गाउँपालिकाले आगामी वर्षको लागि अर्थात् २०८२/८३ को लागि भनेर ल्याएको बजेटलाई पालिका स्तरीय गाउँसभाले स्वीकृत गरेको छ। पालिका स्तरीय गाउँ सभाले राखेको आजको बैठकले १२ औं गाउँसभाको तेस्रो अन्तर्गत रहेको बैठकले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटलाई अनुमोदन सहित स्वीकृत गरेको हो। गाउँसभाले स्वीकृत गरेको कुल बजेट ७४ करोड ५ लाख ५४ हजार रुपैयाँ रहेको छ। पालिका स्तरीय गाउँसभाले स्वीकृत गरेको उक्त बजेटलाई पालिकाले कुल चालू खर्चतर्फ ४० करोड ७० लाख ६६ हजार रकम विनियोजन सहित छुटाएको छ। भने पुँजीगत कुल ३२ करोड ३५ लाख १८ हजार रकम विनियोजन गरिएको छ। गाउँसभाले स्वीकृत गरेको बजेटका स्रोतहरूमा संघीय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.