मकवानपुर, मंसिर ३ गते । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौंडा उप–महानगरपालिका–१९ स्थित क्षेत्रमा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसार गर्दै आएका एक स्काभेटर र एक टिप्पर नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बा २ क ५१६६ नम्बरको स्काभेटर र ना ८ ख ८८९७ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि हेटौंडा उप–महानगरपालिकाको कार्यालयमा पठाइएको छ। उक्त अवैध क्रियाकलापमा संलग्नताका आधारमा सम्बन्धित सवारी साधनहरूलाई गर्दा रू. ५४,२७३ जरिवाना गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले नदिजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी नियन्त्रणका लागि नियमित अनुगमन जारी राख्ने जनाएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 135














