प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

काठमाडौं,जेठ १३ गते। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत गतिविधि बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय अनलाइन मिडिया, युट्युब, फेसबुक पेज तथा रिलमार्फत अपुष्ट, भ्रामक र मोनेटाइजेसन केन्द्रित सामग्री सम्प्रेषण हुने प्रवृत्ति बढेको उल्लेख गरेको हो।

काउन्सिलका अनुसार अनलाइन न्युज पोर्टल दर्ता गरेर समाचार सामग्री प्रकाशन नगरी सामाजिक सञ्जालमार्फत भ्युज बढाउने उद्देश्यले अपुष्ट सामग्री फैलाउने, विद्यालय, अस्पताल तथा सरकारी कार्यालयमा बिना अनुमति प्रवेश गरी अमर्यादित व्यवहार गर्ने तथा बालबालिकासँग अनुमति बेगर अन्तर्वार्ता लिई भिडियो सार्वजनिक गर्ने कार्य बढ्दो अवस्थामा रहेका छन्।

त्यस्तै सञ्चारमाध्यममा प्रकाशित सामग्रीकै आधारमा पत्रकार तथा सञ्चारकर्मीमाथि सामाजिक सञ्जालमार्फत गालीगलोज, धम्की तथा धरपकडको प्रयास हुने गरेको भन्दै काउन्सिलले चिन्ता व्यक्त गरेको छ। तथ्यहीन र भ्रमपूर्ण सामग्री सम्प्रेषण गरेर व्यक्तिको चरित्र, गोपनीयता तथा पेशागत प्रतिष्ठामाथि असर पुर्‍याउने गतिविधिप्रति समेत काउन्सिलले आपत्ति जनाएको छ।

विज्ञप्तिमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा क्यामरा लिएर गई कर्मचारीमाथि दबाब सिर्जना गर्ने, जबर्जस्ती भिडियो खिच्ने तथा सम्झौताका नाममा अनधिकृत गतिविधि गर्ने प्रवृत्तिप्रति पनि काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

यसैगरी सीमा क्षेत्रका केही जिल्लामा विदेशी मिडियाले बिना अनुमति पत्रकारिता गतिविधि सञ्चालन गरी नेपाल सरकार र कानुनविरुद्ध भ्रामक सामग्री सम्प्रेषण गरिरहेको विषयमा समेत काउन्सिलले चासो व्यक्त गरेको छ।

काउन्सिलले सञ्चार क्षेत्रलाई स्वतन्त्र, विश्वसनीय र मर्यादित बनाउन पत्रकार आचारसंहिता पालना अपरिहार्य रहेको उल्लेख गर्दै सत्यतथ्य, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारमाध्यम तथा पत्रकारलाई आग्रह गरेको छ। समाचार वा सामग्रीप्रति असन्तुष्टि भए कानुनी प्रक्रिया अनुसार काउन्सिलमा उजुरी दिन सकिने व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

काउन्सिलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै पत्रकार र सञ्चारमाध्यममाथि गालीगलोज, धम्की तथा धरपकडजस्ता गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

हेटौंडामा निःशुल्क बारिस्टा तालिम सम्पन्न : युवालाई स्वदेशमै स्वरोजगारतर्फ प्रेरित गर्दै उपमहानगर

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

“सहयोगको अपिल होइन, राज्यको उत्तरदायित्व चाहिन्छ” — सामाजिक अभियन्ता विशालराज महत

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना : सडकबाट ४५ मिटर तल खस्दा चालक सामान्य घाइते

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि सिन्धुलीमा एआइसहित खोज तथा मोबाइल पत्रकारिता तालिम सञ्चालन हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.