उर्लाबारीका बाल कलाकार सुहान खड्काको,‘घाम सम्झिए आमा’मन्त्री हाङगामद्वारा विमोचन

उर्लाबारी। राष्ट्रिय संगीतकर्मी संघ कोशी प्रदेश समितिको आयोजनामा स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।

उर्लाबारी–८ स्थित अरनिको माध्यमिक विद्यालयको हलमा आयोजित कार्यक्रममा संघका प्रदेश अध्यक्ष लिलानाथ पौडेलले अध्यक्षता गर्नुभएको थियो भने कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो।

कार्यक्रममा वरिष्ठ कलाकार सिताराम ताजपुरिया र वरिष्ठ संगीतकार तथा गायक कृष्णभक्त राईलाई सम्मान गरिएको थियो। उहाहरुको सांगीतिक योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो।

त्यसै अवसरमा, उर्लाबारी–६ स्थित कुडोस सेन्ट्रल स्कुलका कक्षा ८ मा अध्ययनरत छात्र सुहान पाण्डेको “घाम सम्झिए आमा” शीर्षकको गीत पनि विमोचन गरिएको छ। उक्त गीतको शब्द र संगीत गोविन्द खड्काले तयार गर्नुभएको हो। गीतको विमोचन संघका अध्यक्ष लिलानाथ पौडेल, मन्त्री हाङगाम र वरिष्ठ गायक कृष्णभक्त राईले संयुक्त रूपमा गर्नुभएको थियो।

कार्यक्रममा स्थानीय कलाकारहरूले आआफ्नो सांगीतिक प्रस्तुति दिएर माहोल थप रमाइलो बनाएका थिए। संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उर्लाबारीका बाल कलाकार सुहान खड्काको,‘घाम सम्झिए आमा’मन्त्री हाङगामद्वारा विमोचन

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

उर्लाबारीका बाल कलाकार सुहान खड्काको,‘घाम सम्झिए आमा’मन्त्री हाङगामद्वारा विमोचन

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

उर्लाबारीका बाल कलाकार सुहान खड्काको,‘घाम सम्झिए आमा’मन्त्री हाङगामद्वारा विमोचन

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

उर्लाबारीका बाल कलाकार सुहान खड्काको,‘घाम सम्झिए आमा’मन्त्री हाङगामद्वारा विमोचन

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

उर्लाबारीका बाल कलाकार सुहान खड्काको,‘घाम सम्झिए आमा’मन्त्री हाङगामद्वारा विमोचन

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

उर्लाबारीका बाल कलाकार सुहान खड्काको,‘घाम सम्झिए आमा’मन्त्री हाङगामद्वारा विमोचन

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.