६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरण सँगै विद्यालय अनुगमन अभियान उद्घाटन

मनहरी । नेकपा निकट अखिल (समाजवादी) मकवानपुरद्वारा ६१ औं विद्यार्थी एकता दिवसको अवसरमा त्रिरत्न प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । कार्यक्रममा शिशु कक्षा देखि कक्षा ५ सम्मका ३० जना छात्र र २४ जना छात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । साथै संगठनले उक्त अवसर पारि विद्यालय अनुगमन अभियान पनि उद्घाटन गरेको छ ।

मनहरी गाउँपालिका वडा नम्बर २ मा श्री सीता माध्यमिक विद्यालय र श्री त्रिरत्न प्राथमिक विद्यालय गरि दुइवटा विद्यालय पर्दछन् । ठाडोखोला दोभान स्थित त्रिरत्न प्राथमिक विद्यालयमा गोगनघारी, सर्सिधाप, दोभान, मेलटोल, तीनतले, झुल्यान र घट्टेपाखाका विद्यार्थीहरु पड्न आउँछन् । संगठनका जिल्ला इन्चार्ज सुर्य सी, अध्यक्ष सुबास सी र उपाध्यक्ष दिलमाया सी आफै अध्ययन गरेका विद्यालयमा हाल अध्ययनरत विद्यार्थीहरुलाई उत्साहित बनाउने उद्देश्यले अखिल (समाजवादी) मकवानपुरले शैक्षिक सामाग्री वितरण गरेको छ । संगठनले पार्टीका विभिन्न नेता र जिम्मेवार साथिहरु तथा विद्यार्थी नेताहरुबाट सहयोग संकलन गरि लगभग दश हजार बराबरको शैक्षिक सामाग्री वितरण गरेको हो ।

६१ औं विद्यार्थी दिवसको अवसरमा बिहीवार आयोजना गरेको कार्यक्रमकै बिचबाट संगठनले विद्यालय अनुगमन अभियान पनि उद्घाटन गरेको छ । कार्यक्रमको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा नेकपाका केन्द्रिय सदस्य एवम् सामना परिवारका संयोजक आरोह सीले नेपालका आम विद्यार्थीहरुको हक, हित र अधिकारका लागि संघर्ष गरेको ६१ औं दिवसमा संगठनले उपलब्ध गरेको शैक्षिक सामाग्रीको प्रयोग गरि पढिलेखी ठूलो मान्छे भएर समाजको सेवा गर्न विद्यार्थी भाइबहिनीलाई अनुरोध गरेका छन् । त्यस्तै विशेष अतिथी तथा अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य विवेक सीले पनि विद्यार्थी दिवसको शुभकामना दिँदै राम्रोसँग अध्ययन गरि उज्ज्वल भविष्य कोर्न विद्यार्थीलाई प्रेरित गरेका छन् ।

कार्यक्रमका विशेष अतिथि तथा मनहरी-२ का वडा सदस्य सुकराम मोक्तानले पनि विद्यालयमा रहेका समस्याको समाधान गर्दै गुणस्तरीय शिक्षा प्राप्तिका लागि आवस्यक पहल गर्ने प्रतिबद्धता गरेका छन् । त्यस्तै संगठनका केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका इन्चार्ज सुर्य सीले ६१ औं विद्यार्थी दिवसको शुभकामना दिँदै संविधानत निशुल्क तथा अनिवार्य शिक्षा प्राप्तिमा विद्यार्थी तथा अभिभावकले खेपिरहेका समस्याहरुको समाधानका लागि संगठनले विद्यालय अनुगमन अभियान सन्चालन गरेको बताए । साथै सामुदायिक तथा संस्थागत विद्यालयले शिक्षा ऐन विपरित विभिन्न शिर्षकमा बढी शुल्क लिने, शैक्षिक व्यापार गर्ने, कमिसन खाने र भ्रष्टाचार गर्ने गलत पद्धतिको पर्दाफाँस गर्दै कानुनि कारबाहीको दायरामा ल्याउन पहल गर्ने बताएका छन् ।

कार्यक्रमका अतिथी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नेकपा मनहरी गाउँपलिका इन्चार्ज गुण सिं रुम्बाले शैक्षिक सामाग्री उपलब्ध गराएकोमा संगठनलाई विशेष धन्यवाद दिँदै अबको शैक्षिकसत्रलाई राम्रो बनाउन आवश्यक पहल गर्ने बताए । त्यस्तै त्रिरत्न प्राविका प्रधानाध्यापक कृष्ण बहादुर घलानले पनि विद्यालयमा अध्यापन गराउने शिक्षक देखि लिएर अन्य विविध समस्या रहेको र उक्त समस्या समधानका लागि आवस्यक पहल गरिरहेको बताउँदै विद्यार्थी भाइबहिनीका लागि आवस्यक शैक्षिक सामाग्री कापी, सिसाकलम, इरेजर र सार्पनर उपलब्ध गराएकोमा अखिल (समाजवादी) मकवानपुरको टिमलाई धन्यवाद दिएका छन् ।

कार्यक्रममा मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनेश गोङ्बा, अखिल (समाजवादी)का केन्द्रिय सदस्य बिक्रम सी, सन्चारकर्मी सशान्त तामाङ लगायतको आतिथ्यता रहेको छ ।

आफ्नै गाउँघरका विद्यार्थी भाइबहिनीलाई उज्ज्वल भविष्य निर्माणका लागि शिक्षासँग सम्बन्धित सबै समस्याको समाधान गर्न नजिकबाट तयार रहेको बताउँदै संगठनका जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति सुबास सीले विद्यार्थी दिवसको शुभकामना दिएका छन् । विद्यार्थी संगठन अखिल (समाजवादी) मकवानपुरको आयोजनामा भएको कार्यक्रमको सन्चालन संगठनका जिल्ला उपाध्यक्ष दिलमाया सीले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरण सँगै विद्यालय अनुगमन अभियान उद्घाटन

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरण सँगै विद्यालय अनुगमन अभियान उद्घाटन

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरण सँगै विद्यालय अनुगमन अभियान उद्घाटन

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरण सँगै विद्यालय अनुगमन अभियान उद्घाटन

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरण सँगै विद्यालय अनुगमन अभियान उद्घाटन

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरण सँगै विद्यालय अनुगमन अभियान उद्घाटन

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.