आफू निर्वाचित क्षेत्रमा गएर मुख्यमन्त्री बानियाँले भने: तपाईहरुकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्छु

मनहरी, भदौ ५ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश मुख्यमन्त्री नियुक्त भएपछि पहिलाे पटक आफू निर्वाचित क्षेत्रमा आयाेजित ओैपचारिक कार्यक्रममा सहभागी बानियाँले गरिबमुखी, जनमुखी, आयमुखी र न्यायमुखी काम गरी प्रदेशकाे समग्र विकासमा काम गर्ने अठाेट व्यक्त गरेका हुन् ।

मुख्यमन्त्रीकाे निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ (ख) स्थित मनहरी गाउँपालिकाले बुधबार आयाेजना गरेकाे मुख्यमन्त्रीकाे स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा बाेल्दै बानियाँले आफ्नाे निर्वाचन क्षेत्रका जनताकाे भावना र मर्मलाईसमेत मध्येनजर गर्दै निष्पक्ष ढंगबाट जिम्मेवारी पूरा गर्ने बताए । ‘मलाई प्रदेशसभा सदस्य निर्वाचित गराउन मनहरीका जनताले पनि ठुलाे याेगदान गरेका छन् । यस भेगका जनताले विश्वास गरेर जिताएकै कारण म मुख्यमन्त्री बन्न सकेँ अब यस भेगका सबै जनताकाे आवश्यकतालाई मध्यनजर गरी याे वा त्याे पार्टी नभनी विकास गर्नु मेराे कर्तव्य हाे ।’ बानियाँले भने । मनहरी गाउँपालिकाकाे लामिटार चकरी मकरी सडकलाई विशेष प्राथमिकता दिई कालाेपत्रे गर्नुका साथै अन्य पुल तथा सडक र अन्य पूर्वाधार विकासमा पनि आफूले ध्यान दिने बानियाँले विश्वास दिलाए । महिलाहरुकाे महान पर्व हरितालिका तीजलाई सभ्य भव्य र सुसंस्कृत ढङ्गले मनाउन पनि बानियाँले सुझाव दिए ।

गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री प्रभात तामाङ, खानेपानी उर्जा तथा सिञ्चाई मन्त्री कृष्णकुमार तामाङलगायतकाे आतिथ्यता रहेकाे थियाे । कार्यक्रमकैबीच मनहरी गाउँपालिकाले आफ्नाे क्षेत्रबाट निर्वाचित सांसद बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएकाेमा खुसी व्यक्त गर्दै बधाई ज्ञापनसहित सम्मानपत्रसमेत गरेकाे थियाे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाली काँग्रेसकी प्रतिनिधि कमला मैनालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मुख्यमन्त्री बानियाँले बुधबार नै मनहरी स्थित आफ्नाे निर्वाचन क्षेत्रमा रहेकाे सम्पर्क कार्यालयमा पुगी आम नागरिकका समस्या र गुनासा सुनेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

आफू निर्वाचित क्षेत्रमा गएर मुख्यमन्त्री बानियाँले भने: तपाईहरुकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्छु

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

आफू निर्वाचित क्षेत्रमा गएर मुख्यमन्त्री बानियाँले भने: तपाईहरुकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्छु

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

आफू निर्वाचित क्षेत्रमा गएर मुख्यमन्त्री बानियाँले भने: तपाईहरुकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्छु

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

आफू निर्वाचित क्षेत्रमा गएर मुख्यमन्त्री बानियाँले भने: तपाईहरुकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्छु

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

आफू निर्वाचित क्षेत्रमा गएर मुख्यमन्त्री बानियाँले भने: तपाईहरुकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्छु

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

आफू निर्वाचित क्षेत्रमा गएर मुख्यमन्त्री बानियाँले भने: तपाईहरुकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्छु

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.