ताप्लेजुङ, अशोज २२ गते । ताप्लेजुङको बहनन्दे नजिकै मेचि राजमार्गमा आज मे १त ६२६९ नम्बरको ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा चालक सामान्य घाइते भएका छन्।
दुर्घटनाको कारण खुलेको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा प्राविधिक समस्या वा सडक अवस्था कारण हुन सक्ने अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 154













