हेटौडा, मंसिर ३ गते । मकवानपुरको हेटौडा उपमहानगरपालिका–६, भुलभुलेस्थित अर्जुन कुमार श्रेष्ठको घरमा चोरी प्रयास गर्ने क्रममा एक व्यक्ति पक्राउ परेको छ। प्रहरीका अनुसार हिजो साँझ करिब ८:२० बजे घरमा कोही नभएको अवसर पारेर ढोकाको लक फोडी भित्र पसेको अवस्थामा उक्त व्यक्ति नियन्त्रणमा लिइएको हो।
बागमती गाउँपालिका–८, साततल्ले बस्ने ३९ वर्षीय दिलबहादुर स्याङ्तान NS मोटरसाइकल (ना.२–००७ प ६५१६) मा आएर चोरी गर्दै गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। जानकारी पाएपछि प्रहरी चौकी चौघडाबाट खटिएको टोलीले स्थानीयको समन्वयमा उनलाई घटनास्थलमै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका स्याङ्तानलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालत, हेटौडाबाट म्याद अनुमति लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।














