मकवानपुरमा माओवादीद्वारा पुनर्गठन दिवस र जनमुक्ति सेना स्थापना दिवस उत्साहपूर्वक सम्पन्न

मकवानपुर, मंसिर ९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरले आज १२औँ पार्टी पुनर्गठन दिवसका अवसरमा हेटौंडा–११, थानाभर्‍याङमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। पार्टी पुनर्गठन दिवससँगै २५औँ जनमुक्ति सेना स्थापना दिवसको संयुक्त अवसरमा आयोजित कार्यक्रममा नेता–कार्यकर्ता तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रह्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज राम सीले पुनर्गठन दिवसले पार्टीलाई जनताको पक्षमा झनै दृढतापूर्वक अघि बढ्न प्रेरणा दिएको बताए। उनले पुनर्गठनपछिका १२ वर्ष भित्र पार्टीले भ्रष्टाचार, वेथिती र अनियमितताविरुद्ध निरन्तर खबरदारी गर्दै आएको उल्लेख गर्दै, अब आगामी निर्वाचन मोर्चामार्फत जनताको आवाज सत्ता र नीतिनिर्माण तहसम्म पु¥याउन सबैको साथ आवश्यक रहेको आग्रह गरे।

कार्यक्रम नेकपा (माओवादी) मकवानपुरका जिल्ला सेक्रेटरी मिङ्मार सीको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन जिल्ला सचिवालय सदस्य सुर्य सीले गरेका थिए। पार्टीगत उत्सवको माध्यमबाट संगठनलाई नयाँ ऊर्जा र जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा माओवादीद्वारा पुनर्गठन दिवस र जनमुक्ति सेना स्थापना दिवस उत्साहपूर्वक सम्पन्न

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मकवानपुरमा माओवादीद्वारा पुनर्गठन दिवस र जनमुक्ति सेना स्थापना दिवस उत्साहपूर्वक सम्पन्न

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मकवानपुरमा माओवादीद्वारा पुनर्गठन दिवस र जनमुक्ति सेना स्थापना दिवस उत्साहपूर्वक सम्पन्न

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मकवानपुरमा माओवादीद्वारा पुनर्गठन दिवस र जनमुक्ति सेना स्थापना दिवस उत्साहपूर्वक सम्पन्न

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मकवानपुरमा माओवादीद्वारा पुनर्गठन दिवस र जनमुक्ति सेना स्थापना दिवस उत्साहपूर्वक सम्पन्न

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मकवानपुरमा माओवादीद्वारा पुनर्गठन दिवस र जनमुक्ति सेना स्थापना दिवस उत्साहपूर्वक सम्पन्न

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.