अनियमितता र भ्रष्टाचारविरुद्ध जेन जि आन्दोलन : मकवानपुर समितिको ऐतिहासिक उभार, चार मूल एजेण्डा सार्वजनिक

हेटौंडा, मंसिर १७ गते । अनियमितता, व्यथिति र व्यापक भ्रष्टाचारविरुद्ध देशभर फैलिँदै गएको जेन जि आन्दोलनले मकवानपुरमा औपचारिक रूपमै चार बुँदे मूल एजेण्डा सार्वजनिक गर्दै युवा पुस्तालाई एकताबद्ध हुन आह्वान गरेको छ। जेन जि आन्दोलनका प्रतिनिधि समूहहरूले जारी गरेको प्रेस विज्ञप्तिमा वर्तमान राज्य संरचनाबाट निराश युवा पुस्ता अब मौन बस्न नसक्ने उल्लेख गर्दै आन्दोलनलाई “ऐतिहासिक क्रान्ति” को रूप दिएको छ।

वक्तव्यअनुसार जेन जि आन्दोलनका चार मुख्य एजेण्डा यस प्रकार छन्—

१) प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था

२) भ्रष्टाचार नियन्त्रणका लागि स्वायत्त, शक्तिशाली र दण्डात्मक अधिकार प्राप्त आयोगको निर्माण

३) विदेशमा रहेका नेपाली नागरिकलाई मत अधिकारको पूर्ण सुनिश्चितता

४) आवश्यकताअनुसार प्रदेश संरचनाको परिमार्जन

विज्ञप्तिमा यी एजेण्डाहरू केवल कागजमा सीमित नहुने बताउँदै व्यवहारमै लागू गर्न युवाबीच एकता र सामूहिक उभार अपरिहार्य भएको उल्लेख गरिएको छ।

मकवानपुर जेन जि कमिटीका संयोजक सुबिन खत्रीले जारी गरेको विज्ञप्तिमा, “आजको एकता भोलिको परिवर्तन, आजको कदम भोलिको सशक्त राष्ट्र” भन्ने नारासहित सबै युवालाई सक्रिय रूपमा अभियानमा सहभागी भएर जनदबाब र क्रान्तिलाई सशक्त बनाउन आग्रह गरिएको छ।

मकवानपुर जेन जि कमिटीका संयोजक खत्रीले आज जारी गरिएको उक्त विज्ञप्तिमा मकवानपुरलाई आगामी ‘महान अभियान’ को अग्रपंक्तिमा नया युवा पुस्तालाई उभ्याउने संकल्प समेत गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अनियमितता र भ्रष्टाचारविरुद्ध जेन जि आन्दोलन : मकवानपुर समितिको ऐतिहासिक उभार, चार मूल एजेण्डा सार्वजनिक

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

अनियमितता र भ्रष्टाचारविरुद्ध जेन जि आन्दोलन : मकवानपुर समितिको ऐतिहासिक उभार, चार मूल एजेण्डा सार्वजनिक

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

अनियमितता र भ्रष्टाचारविरुद्ध जेन जि आन्दोलन : मकवानपुर समितिको ऐतिहासिक उभार, चार मूल एजेण्डा सार्वजनिक

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

अनियमितता र भ्रष्टाचारविरुद्ध जेन जि आन्दोलन : मकवानपुर समितिको ऐतिहासिक उभार, चार मूल एजेण्डा सार्वजनिक

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

अनियमितता र भ्रष्टाचारविरुद्ध जेन जि आन्दोलन : मकवानपुर समितिको ऐतिहासिक उभार, चार मूल एजेण्डा सार्वजनिक

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

अनियमितता र भ्रष्टाचारविरुद्ध जेन जि आन्दोलन : मकवानपुर समितिको ऐतिहासिक उभार, चार मूल एजेण्डा सार्वजनिक

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.