Day: २०८२ मंसिर १७, बुधबार २२:५९

कमल–५ पाडाजुङीमा ‘लेट मी डान्स एण्ड जुम्बा सेन्टर’ शुभारम्भ, स्वास्थ्य र नेतृत्व विकासलाई लक्षित कार्यक्रम सुरु

कमल–५ पाडाजुङीमा ‘लेट मी डान्स एण्ड जुम्बा सेन्टर’ शुभारम्भ, स्वास्थ्य र नेतृत्व विकासलाई लक्षित कार्यक्रम सुरु

कमल, मंसिर १७ गते । झापा कमल गाउँपालिकाको पाडाजुङीमा ‘लेट मी डान्स एण्ड जुम्बा सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। कमल–५ स्थित रोडस्टार होटल तथा पार्टी प्यालेस रहेको भवनमा सोमबार आयोजित कार्यक्रममार्फत नेपालका लोकप्रिय अभिनेता धिरेन शाक्यले रिबन काटेर सेन्टरको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहको अध्यक्षता डान्स एण्ड जुम्बा सेन्टरका परिकल्पनाकार नारायण बस्नेतले गरेका थिए। कार्यक्रममा युवा नेता तथा समाजसेवी सन्दिप श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी थिए। सेन्टरले बिहान र बेलुका दुवै समयमा सबै उमेरका व्यक्तिहरूका लागि जुम्बा तथा डान्स कक्षा सञ्चालन गर्ने बताइएको छ। साथै, सहभागीहरूको समग्र स्वास्थ्यका लागि समय-समयमा योग कक्षा पनि उपलब्ध गराइनेछ। डान्स र जुम्बामा मात्रै…
Read More
कान्ति राजमार्ग ६० दिनका लागि बन्द: ललितपुरमा वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासनको अनुरोध

कान्ति राजमार्ग ६० दिनका लागि बन्द: ललितपुरमा वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासनको अनुरोध

ललितपुर, मंसिर १७ गते । कान्ति राजमार्ग सडक योजना एकान्तकुना, ललितपुर अन्तर्गतको च. नं. १३४ ले मङ्सिर १६ गते जारी गरेको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय ललितपुरले सडक बन्द सम्बन्धी सूचना सार्वजनिक गरेको छ। सडक योजना अन्तर्गत road widening तथा cutting कार्य तीव्र रूपमा भइरहेकोले आगामी मङ्सिर २० गतेदेखि ६० दिनसम्म प्रत्येक दिन बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म सो सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ। प्रशासनका अनुसार निर्माण कार्य प्रभावित हुन नदिन तथा जनधनको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा यातायात आवागमन रोक्ने निर्णय गरिएको हो। यस अवधिमा कान्ति राजमार्ग भएर चल्ने सार्वजनिक तथा निजी सवारी…
Read More
अनियमितता र भ्रष्टाचारविरुद्ध जेन जि आन्दोलन : मकवानपुर समितिको ऐतिहासिक उभार, चार मूल एजेण्डा सार्वजनिक

अनियमितता र भ्रष्टाचारविरुद्ध जेन जि आन्दोलन : मकवानपुर समितिको ऐतिहासिक उभार, चार मूल एजेण्डा सार्वजनिक

हेटौंडा, मंसिर १७ गते । अनियमितता, व्यथिति र व्यापक भ्रष्टाचारविरुद्ध देशभर फैलिँदै गएको जेन जि आन्दोलनले मकवानपुरमा औपचारिक रूपमै चार बुँदे मूल एजेण्डा सार्वजनिक गर्दै युवा पुस्तालाई एकताबद्ध हुन आह्वान गरेको छ। जेन जि आन्दोलनका प्रतिनिधि समूहहरूले जारी गरेको प्रेस विज्ञप्तिमा वर्तमान राज्य संरचनाबाट निराश युवा पुस्ता अब मौन बस्न नसक्ने उल्लेख गर्दै आन्दोलनलाई “ऐतिहासिक क्रान्ति” को रूप दिएको छ। वक्तव्यअनुसार जेन जि आन्दोलनका चार मुख्य एजेण्डा यस प्रकार छन्— १) प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था २) भ्रष्टाचार नियन्त्रणका लागि स्वायत्त, शक्तिशाली र दण्डात्मक अधिकार प्राप्त आयोगको निर्माण ३) विदेशमा रहेका नेपाली नागरिकलाई मत अधिकारको पूर्ण सुनिश्चितता ४) आवश्यकताअनुसार प्रदेश…
Read More
जेन जि सम्बद्ध चार समूहको आरोप : ‘नागरिक सरकार नैतिक धरातलबाट चिप्लियो, ऊर्जा मन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गरियोस्’

जेन जि सम्बद्ध चार समूहको आरोप : ‘नागरिक सरकार नैतिक धरातलबाट चिप्लियो, ऊर्जा मन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गरियोस्’

काठमाडौं, मंसिर १७ गते । जेन जि आन्दोलनसँग जोडिएका चार अलग–अलग समूहहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान नागरिक सरकार नैतिक आधारबाट च्युत भइसकेको कठोर अभिव्यक्ति दिएका छन्। मन्त्रीहरूले कार्यकारी पदमै रहँदै राजनीतिक दलसँग देखाएको प्रत्यक्ष संलग्नताले नागरिक सरकारको अस्तित्व र विश्वसनीयता नै खतरामा परेको उनीहरूको आरोप छ। वक्तव्यअनुसार कार्यकारी जिम्मेवारी सम्हालेका मन्त्रीहरूले दलगत गतिविधिमा सहभागी हुनु “नागरिक सरकारको सिद्धान्त, पदगत शपथ तथा सार्वजनिक आचरणको खुला उल्लङ्घन” हो। यस्तो आचरणले नागरिकको भरोसामाथि आघात पुगेको र राज्य संयन्त्र दलगत स्वार्थको बन्दी बन्ने खतरा बढेको समूहहरूको मूल्यांकन छ। ऊर्जा मन्त्रालयले भारतसँग गरेको विवादास्पद विद्युत सम्झौताप्रति समेत चारै समूहले कडा आपत्ति जनाएको छ। विद्युत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.