कमल–५ पाडाजुङीमा ‘लेट मी डान्स एण्ड जुम्बा सेन्टर’ शुभारम्भ, स्वास्थ्य र नेतृत्व विकासलाई लक्षित कार्यक्रम सुरु

कमल, मंसिर १७ गते । झापा कमल गाउँपालिकाको पाडाजुङीमा ‘लेट मी डान्स एण्ड जुम्बा सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। कमल–५ स्थित रोडस्टार होटल तथा पार्टी प्यालेस रहेको भवनमा सोमबार आयोजित कार्यक्रममार्फत नेपालका लोकप्रिय अभिनेता धिरेन शाक्यले रिबन काटेर सेन्टरको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहको अध्यक्षता डान्स एण्ड जुम्बा सेन्टरका परिकल्पनाकार नारायण बस्नेतले गरेका थिए। कार्यक्रममा युवा नेता तथा समाजसेवी सन्दिप श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी थिए। सेन्टरले बिहान र बेलुका दुवै समयमा सबै उमेरका व्यक्तिहरूका लागि जुम्बा तथा डान्स कक्षा सञ्चालन गर्ने बताइएको छ। साथै, सहभागीहरूको समग्र स्वास्थ्यका लागि समय-समयमा योग कक्षा पनि उपलब्ध गराइनेछ।

डान्स र जुम्बामा मात्रै सीमित नरहने बताउँदै, सेन्टरले विद्यार्थी तथा अभिभावकको बहुआयामिक विकासलाई लक्षित गर्दै प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने घोषणा गरेको छ। ती गतिविधिमा हाजिरीजवाफ, नेतृत्व विकास तालिम, उद्घोषण तालिम, बालबालिकालाई घरायसी अचार बनाउने जस्ता सीप सिकाउने कार्यक्रमहरू समावेश हुनेछन्।

स्मारिका सामुदायिक विद्यालयका स्काउट विद्यार्थीहरूले स्कटिङ गर्दै अतिथिहरूको स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)ले युवाहरूले सञ्चालन गरेको यस्तो उद्यमलाई गाउँपालिकाले समेत साथ दिने प्रतिबद्धता जनाइन्। उनले जुम्बा तथा डान्स सेन्टरले युवालाई स्वरोजगार बन्न प्रेरित गर्नुका साथै समुदायका साना बालबालिकालाई अनावश्यक मोबाइल प्रयोगबाट टाढा राख्न सहयोग पुग्ने बताइन्।

कार्यक्रममा स्थानीय व्यवसायी तथा सामाजिक अभियन्ता मोहन सिंह बस्नेत, कमलनगर जेसीज २०२५ का अध्यक्ष भिम अधिकारी, डिपिएलका राष्ट्रिय पदाधिकारीहरू लगायत गौरादह जेसीजका विभिन्न पूर्वअध्यक्ष, नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाका अध्यक्ष, पत्रकार तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा स्वागत मन्तव्य सेन्टरका सञ्चालक रिजु कार्कीले प्रस्तुत गरेका थिए भने सञ्चालन हरी अधिकारीले गरेका थिए। उद्घाटन अवसरमा सेन्टरले १० दिनका लागि १५ प्रतिशतसम्म छुट उपलब्ध गराएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

कमल–५ पाडाजुङीमा ‘लेट मी डान्स एण्ड जुम्बा सेन्टर’ शुभारम्भ, स्वास्थ्य र नेतृत्व विकासलाई लक्षित कार्यक्रम सुरु

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

कमल–५ पाडाजुङीमा ‘लेट मी डान्स एण्ड जुम्बा सेन्टर’ शुभारम्भ, स्वास्थ्य र नेतृत्व विकासलाई लक्षित कार्यक्रम सुरु

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

कमल–५ पाडाजुङीमा ‘लेट मी डान्स एण्ड जुम्बा सेन्टर’ शुभारम्भ, स्वास्थ्य र नेतृत्व विकासलाई लक्षित कार्यक्रम सुरु

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

कमल–५ पाडाजुङीमा ‘लेट मी डान्स एण्ड जुम्बा सेन्टर’ शुभारम्भ, स्वास्थ्य र नेतृत्व विकासलाई लक्षित कार्यक्रम सुरु

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

कमल–५ पाडाजुङीमा ‘लेट मी डान्स एण्ड जुम्बा सेन्टर’ शुभारम्भ, स्वास्थ्य र नेतृत्व विकासलाई लक्षित कार्यक्रम सुरु

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

कमल–५ पाडाजुङीमा ‘लेट मी डान्स एण्ड जुम्बा सेन्टर’ शुभारम्भ, स्वास्थ्य र नेतृत्व विकासलाई लक्षित कार्यक्रम सुरु

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.