कान्ति राजमार्ग ६० दिनका लागि बन्द: ललितपुरमा वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासनको अनुरोध

ललितपुर, मंसिर १७ गते । कान्ति राजमार्ग सडक योजना एकान्तकुना, ललितपुर अन्तर्गतको च. नं. १३४ ले मङ्सिर १६ गते जारी गरेको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय ललितपुरले सडक बन्द सम्बन्धी सूचना सार्वजनिक गरेको छ।

सडक योजना अन्तर्गत road widening तथा cutting कार्य तीव्र रूपमा भइरहेकोले आगामी मङ्सिर २० गतेदेखि ६० दिनसम्म प्रत्येक दिन बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म सो सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ।

प्रशासनका अनुसार निर्माण कार्य प्रभावित हुन नदिन तथा जनधनको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा यातायात आवागमन रोक्ने निर्णय गरिएको हो। यस अवधिमा कान्ति राजमार्ग भएर चल्ने सार्वजनिक तथा निजी सवारी साधनहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रशासकीय अधिकृतले आज जारी गरेको सूचनामा सबै यात्री, चालक तथा सरोकारवालालाई असुविधाका लागि क्षमायाचना गर्दै सहयोग र धैर्यताको अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.