नेकपा मकवानपुरमा उम्मेदवार सिफारिसको सूची सार्वजनिक, अनुभवीदेखि नयाँ पुस्तासम्मको समेटाइ

हेटौंडा,पुस १२ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं. १ र २ मा उम्मेदवार सिफारिसको सूची सार्वजनिक गरेको छ। सिफारिस सूचीमा पुराना तथा अनुभवी नेतादेखि नयाँ पुस्ताका युवा नेतासम्मलाई समेटिएको छ।

मकवानपुर क्षेत्र नं. १ का लागि पूर्व सांसद तथा पार्टीका वरिष्ठ नेता विरोध खतिवडादेखि युवा नेता विजय गौतमसम्म १३ जनाको नाम सिफारिस गरिएको छ। खतिवडा विगतमा पटक–पटक सांसद भइसकेका नेता हुन् भने विजय गौतम साविक नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज हुन्। विरोध खतिवडाको नाम क्षेत्र नं. २ बाट पनि सिफारिस गरिएको छ।

क्षेत्र नं. १ बाट सिफारिस हुनेमा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ, किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना र बीरबहादुर थिङ रहेका छन्। यसका साथै वहालवाला प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलानको नाम पनि सिफारिस सूचीमा समावेश गरिएको छ।

त्यसैगरी मकवानपुर क्षेत्र नं. २ बाट विरोध खतिवडा, रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेति र किशोर बर्तौलाको नाम सिफारिस गरिएको छ। यस क्षेत्रमा वहालवाला प्रदेश सभा सदस्य कुमारी मोक्तान र राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्थम थिङको नाम समेत उम्मेदवार सिफारिसमा परेको छ।

पार्टीले समानुपातिक तर्फ पनि विभिन्न क्लस्टरलाई समेट्दै उम्मेदवार सिफारिस गरेको छ। समानुपातिक सूचीमा मुनु सिग्देल, प्रमिला लामा पुलामी, लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा र विज्ञान स्याङ्तान रहेका छन्। त्यस्तै विभिन्न क्लस्टर अन्तर्गत कृष्ण चेपाङ, रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोष कुमार तामाङ, बालकृष्ण चौलागाई, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाई र कृष्ण घिमिरेको नाम पनि सिफारिस गरिएको छ।

यसैबीच, आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि तारानाथ खतिवडा, विष्णुमाया लामा र दिलबहादुर स्याङ्बोको नाम पार्टीले सिफारिस गरेको छ।

पार्टी नेतृत्वले अनुभव र नयाँ ऊर्जा दुवैलाई प्राथमिकतामा राख्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेकपा मकवानपुरमा उम्मेदवार सिफारिसको सूची सार्वजनिक, अनुभवीदेखि नयाँ पुस्तासम्मको समेटाइ

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

नेकपा मकवानपुरमा उम्मेदवार सिफारिसको सूची सार्वजनिक, अनुभवीदेखि नयाँ पुस्तासम्मको समेटाइ

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

नेकपा मकवानपुरमा उम्मेदवार सिफारिसको सूची सार्वजनिक, अनुभवीदेखि नयाँ पुस्तासम्मको समेटाइ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

नेकपा मकवानपुरमा उम्मेदवार सिफारिसको सूची सार्वजनिक, अनुभवीदेखि नयाँ पुस्तासम्मको समेटाइ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

नेकपा मकवानपुरमा उम्मेदवार सिफारिसको सूची सार्वजनिक, अनुभवीदेखि नयाँ पुस्तासम्मको समेटाइ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

नेकपा मकवानपुरमा उम्मेदवार सिफारिसको सूची सार्वजनिक, अनुभवीदेखि नयाँ पुस्तासम्मको समेटाइ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.