२०८२ पुष १२, शनिबार २१:२८
२०८२ पुष १२, शनिबार २१:२८
थाइल्यान्ड,पुस १२ गते । विगत केही सातादेखि सीमा क्षेत्रमा जारी हिंसात्मक सैन्य संघर्ष र बढ्दो तनावलाई अन्त्य गर्दै थाइल्यान्ड र क्याम्बोडिया दोस्रो पटक युद्धविराम गर्न सहमत भएका छन्। शनिबार भएको उच्चस्तरीय वार्तामा दुवै देशले शान्ति स्थापना र हतियारको प्रयोग बन्द गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तीन दिनसम्म चलेको सघन वार्ता र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान), संयुक्त राज्य अमेरिका, चीन एवं मलेसियाको मध्यस्थतापछि यो महत्त्वपूर्ण सम्झौता सम्भव भएको हो। पछिल्लो तीन सातामा थाइल्यान्डको उबोन रात्चाथानी र क्याम्बोडियाको प्रेह विहियर प्रान्तमा भएका शृङ्खलाबद्ध झडपहरूका कारण कम्तीमा ४७ जनाले ज्यान गुमाइसकेका छन् भने १ लाखभन्दा बढी नागरिक विस्थापित हुन पुगेका छन्। मुख्यतः…