समानुपातिक उम्मेदवार चयन गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ,पुस १२ गते । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची टुङ्ग्याउन केन्द्रीय सचिवालय बैठक बोलाएको छ। ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो।

​निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पुस १३ र १४ गतेभित्र समानुपातिक उम्मेदवारको सूची बुझाउनुपर्ने समयसीमा तोकेको छ। सोही समयसीमाभित्र क्लस्टर अनुसारको नामावली तयार पार्न र उम्मेदवारको प्राथमिकता क्रम निर्धारण गर्न एमालेले यो बैठक बोलाएको हो।

​पार्टीभित्र मापदण्ड र विधिअनुसार उम्मेदवार छनोट हुनुपर्ने माग उठिरहेका बेला बस्न लागेको यस बैठकलाई निकै चासोका साथ हेरिएको छ। बैठकमा उम्मेदवार छनोटका साथै नेताहरूको कार्यविभाजन र अन्य सांगठनिक विषयमा समेत महत्वपूर्ण निर्णय हुने सम्भावना रहेकोछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.