केन्द्रीय कारागारबाट फरार कैदीको भारतमा मृत्यु

झापा, पुस १२ गते । ‘जेनजी’ आन्दोलनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका विर्तामोड–३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ।

जबरजस्ती करणी कसुरमा ४ वर्षदेखि कैद सजाय भोगिरहेका मियाँ गत भदौ २४ गते कारागारबाट भागेर भारतको हिमाञ्चलस्थित एक पानी प्रशोधन कम्पनीमा लुकीछिपी काम गर्दै आएका थिए।

पुस १० गते अचानक बेहोस भएर लडेका उनको उपचारकै क्रममा मृत्यु भएको र आज गलगलिया नाका हुँदै शव नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.