“पदभन्दा सेवा ठूलो” — विशाल राज महतले प्रतिनिधि सभा उम्मेदवारी अस्वीकार गर्दै जनतामै रहने प्रतिबद्धता

हेटौडा, पुस २३ गते । सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।

आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक स्टाटस जारी गर्दै महतले पछिल्लो समय मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिन आग्रह, सल्लाह र सुझावहरू फोन, सन्देश, सामाजिक सञ्जाल तथा प्रत्यक्ष रूपमा आइरहेको उल्लेख गरेका छन्। ती आग्रहहरूलाई जनताको भरोसा र आफूले निरन्तर गर्दै आएको जनपक्षीय कार्यको मूल्यांकनका रूपमा लिएको उनले बताएका छन्।

“तपाईंहरूले देखाउनुभएको विश्वास र सद्भावले मलाई अहंकार होइन, झन् ठूलो जिम्मेवारीबोध गराएको छ,” उनले स्टाटसमा उल्लेख गरेका छन्। यद्यपि हालको अवस्थामा प्रतिनिधि सभा उम्मेदवारी दिने कुनै योजना नरहेको स्पष्ट गर्दै उनले यो निर्णय डर, असक्षमता वा पन्छाइ नभई जिम्मेवारीको सचेत निर्णय भएको बताएका छन्।

उनले अहिले पनि स्थानीय तहमै बसेर समाधान पर्खिरहेका धेरै सामाजिक समस्या, आवाजविहीन पीडा र जनसरोकारका मुद्दाहरू रहेको उल्लेख गर्दै ती विषयमा आफ्नो सक्रियता अझ आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

राजनीतिलाई केवल चुनाव जित्ने प्रक्रियामात्र नभई जनतासँग निरन्तर उभिने, दुःख–सुख साट्ने र परिणाम देखिने गरी काम गर्ने इमानदार यात्राको रूपमा परिभाषित गर्दै महतले पदबिनै भए पनि जनताको पक्षमा उभिरहने प्रतिबद्धता जनाएका छन्।

“तपाईंहरूको विश्वास नै मेरो शक्ति हो, तपाईंहरूको अपेक्षा नै मेरो जिम्मेवारी हो,” भन्दै उनले सधैंझैं समाजकै बीचमा, जनताकै पक्षमा रहने स्पष्ट सन्देश दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.