चितवन, असोज १६ गते । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलमा माथिबाट ढुंगा खस्दा अवरुद्ध बनेको सडक पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको छ।
शुक्रबार साँझ सडकको माथिल्लो भागबाट ढुंगाहरू खस्दा सडकमा आवागमन एकतर्फी बनेको थियो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मेशिन तथा उपकरण परिचालन गरी पहिरो हटाएपछि सडक हाल सञ्चालनमा ल्याइएको हो।
सडक सञ्चालनमा आए पनि उक्त खण्डमा पहिरो खस्ने जोखिम भने कायमै रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। जोखिमलाई ध्यानमा राख्दै सवारी चालकहरूलाई लेन अनुशासन पालना गर्न, सावधानीपूर्वक सवारी चलाउन तथा सुरक्षित यात्रामा ध्यान दिन कार्यालयले अनुरोध गरेको छ।
सडक डिभिजन कार्यालय भरतपुरले शुक्रबार राति ९ः४० बजे दिएको अद्यावधिक जानकारीअनुसार नाम्सी पुल क्षेत्रमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको हो।
प्रतिकृया दिनुहोस्
Views: 43














