२०८२ कार्तिक ३, सोमबार १२:२३
२०८२ कार्तिक ३, सोमबार १२:२३
हेटौंडा, कार्तिक ३ गते । सामाजिक अभियन्ता विशालराज महतले समाजमा विद्यमान लैङ्गिक भेदभावको विषयमा सन्तुलित दृष्टिकोण आवश्यक रहेको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै समाजले महिलाको पक्षमा केन्द्रित समानता र न्यायका बहसहरू आवश्यक भए पनि, पुरुषहरूको पीडा र अधिकार पनि बेवास्ता हुन नहुने बताएका छन्। महतका अनुसार समाजले “न्याय” र “समानता” को कुरा गरे पनि यसको व्यवहारिक रूप जटिल र कहिलेकाहीँ एकपक्षीय देखिन्छ। उनले लेखेका छन्, “महिलाहरू पितृसत्तात्मक व्यवस्थाको कारण संरचनागत रूपमा पछाडि परेका छन्, तर समाजले पुरुषहरूको भावनात्मक र कानुनी समस्यालाई भने अझै गम्भीरतापूर्वक लिएको छैन।” उनले समाजमा बाल्यकालदेखि नै पुरुषलाई “शक्तिशाली” र “अटल” रूपमा प्रस्तुत गर्ने…