२०८३ जेष्ठ ३१, आईतवार २३:४०
२०८३ जेष्ठ ३१, आईतवार २३:४०
हेटौंडा,जेठ ३१ गते। वातावरण संरक्षण, प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको “बोतल देऊँ, बिरुवा लिऊँ” अभियान अन्तर्गत हेटौंडा–७ मा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको छ। टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–७ र श्रीनिवास टोल विकास संस्था हेटौंडा–७ को समन्वयमा सञ्चालित कार्यक्रम श्रीनिवास टोल विकास संस्थाको परिसरमा सम्पन्न भएको हो। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष दामोदर गौतम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा टोल विकास…