Day: २०८३ कार्तिक १, शनिबार ०७:५५

फूलपातीमा चुरियामाई मन्दिरमा भक्तजनको उपस्थिति, विगतको तुलनामा यस वर्ष चहलपहल कम

फूलपातीमा चुरियामाई मन्दिरमा भक्तजनको उपस्थिति, विगतको तुलनामा यस वर्ष चहलपहल कम

हेटौँडा, असोज ३१ गते । बडादसैँको फूलपातीका अवसरमा हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरमा भाकल बुझाउन आउने भक्तजनको उपस्थिति रहेको छ। विभिन्न गाउँ तथा आसपासका क्षेत्रबाट भक्तजनहरू पूजाआजा गर्न र भाकलअनुसार बलि चढाउन मन्दिर पुगेका छन्। यद्यपि, यस वर्ष विगतका तुलनामा मन्दिर क्षेत्रमा भक्तजनको चहलपहल केही कम देखिएको छ। परापूर्वकालदेखि धार्मिक आस्था र विश्वासको केन्द्रका रूपमा रहँदै आएको चुरियामाई मन्दिरमा फूलपातीका दिन भाकल बुझाउने परम्परा रहिआएको छ। धार्मिक मान्यताअनुसार घरपरिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै तथा आफूले चिताएको मनोकामना पूरा हुने विश्वासका साथ भक्तजनहरूले मन्दिरमा पूजा गर्ने र भाकल चढाउने गरेका छन्। चुरियामाई मन्दिरमा मकवानपुर जिल्लाका विभिन्न स्थानका साथै वीरगञ्जलगायत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.