काठमाडौँ। पत्रकार एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन रहेका सुरेश रजक शुक्रबार राजावादी प्रदर्शनकारीहरूले लगाएको आगोमा जलेर निधन हुनुअघि उनको कोठा नजिकै देखिएकी युवती भने पूर्व सञ्चारकर्मी अनिता कुँवर (एनी) रहेको खोलेको छ। उक्त घटनापछि उनले आफूले आगो निभाउन हरदम प्रयास गरेको र सुरक्षाका निकायलाई बारबार खबर गरेको बताइन्।
सामाजिक सञ्जालमा देखिएका भिडियो फुटेजमा स्पष्ट देखिएको छ कि घटनाको क्रममा पत्रकार रजक कोठाभित्र थुनिएको देखिएको छ। भने कुँवर र अर्का एक व्यक्ति भर्याङबाट तल ओलिरहेका देखिन्छन्। कुँवरले घटनाका बेला सबैलाई जानकारी गराउनका निम्ति सामाजिक सञ्जाल फेसबुक लाइभ गर्दै आगलागि बारे जानकारी गराउँदै सो घटनालाई नियन्त्रणका लागि उनले लाइभबाटै गुहार मागेकी बताइन्।
परिस्थितिलाई नियन्त्रणमा लिनका लागि प्रशासन र दमकलाई खबर गरिसक्दा पनि कोही पनि समयमा आउन नसकेको र त्यो बखत स्वयं आफूले आफ्नो शरीर जोखिममा राखेर भएपनि उक्त आगो निभाउन प्रयास गरेको उनको भनाइ रहेको छ।
घटना भएको बखतमा प्रहरीको उपस्थिति स्पष्ट नभएको तर घटनास्थलमा पत्रकार अभियन्ता तथा केही अन्य व्यक्तिहरू रिपोर्टिङ र सामान उठाउने प्रयास गरिरहेको बताइन्। सोबखत लागेको आगो निभाउन कोसिस गरिरहँदा धुवाँ र ग्यासले आफूलाई पनि निकै असर पारिएको उनले बताइन्। भने जुनबेला घटनाले जटिल परिस्थिति नलिरहेको अर्थात् लिने सम्भावना भएको बेला केही पत्रकारले सहयोग गर्नुको सट्टा उक्त परिस्थितिको घटनाक्रमको भिडियो मात्र खिचिरहेको उनले दुःख सहित गुनासो पोखिन्।
जुनबेला आगो निभाउने प्रयास भइरहँदा त्यहाँ लागेको आगो भने केही हदसम्म नियन्त्रणमा आएता पनि त्योभन्दा माथिल्लो तलबाट लागेको आगो तीव्र रुपमा फैलिएपछि त्यहाँका अवस्था आफूले सोचेभन्दा बाहिरको गएको उनले बताइन्।
आगलागी घटनाक्रमले नियन्त्रणभन्दा बाहिर गएपछि त्यहाँ भएका व्यक्तिहरु भागदौड हुने क्रममा कोठाभित्र थुनिएका व्यक्ति सञ्चारकर्मी सुरेश रजक रहेको पछि खुलासा भएको उनले बताइन्। उक्त घटनालाई लिएर उनी निकै स्तब्ध भावुक भएकी थिइन्। र आगलागीको वास्तविकता कारण के हो भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने बताउँदै निष्पक्ष छानबिनको माग उनले गरेकी छिन्।
समाचार स्रोत: सामाजिक सञ्जाल














