हावाहुरीले च्यापिएर चारको मृत्यु, तीन घाइते

काठमाडौँ। देशका विभिन्न स्थानमा शुक्रबार आएको तीव्र हावाहुरीका कारण रुख ढल्दा च्यापिएर पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पश्चिम नवलपरासीको सुनवलमा प्रतिक्षालयमा ओत लागिरहेका सुनवल ७ निवासी ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको रुखले च्यापेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ। सोही घटनामा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एकजना परिचय नखुलेका व्यक्ति घाइते भएका छन् र उनीहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ।

यसैगरी, कैलालीको घोडाघोडीस्थित सुखडमा राष्ट्रिय माविका प्राचार्य कर्णबहादुर भण्डारी र कपिलवस्तु नगरपालिका– ८ मैनिहवाकी १४ वर्षीया सुखना केवटको पनि हावाहुरीले ढालेको रुखमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.