बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न

सौराहा । बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न भएको छ । तालिममा बोर्ड २५ का १८ जना सदस्यहरु उपस्थित भएका छन् ।

बस्तिपुर जेसिज हाँडिखोलाले आयोजना गरेको ‘जर्नी फर लिडरशिप’ तालिम चितवनको सौराहा स्थित गैरीबारी रिसोर्टमा भएको हो । शुक्रबार भएको एक दिने तालिममा बस्तिपुर जेसिज हाँडिखोला वर्ष २०२५ बोर्ड २५ का १८ जना सदस्यहरू उपस्थित भएका छन् ।

तालिमका प्रमुख प्रशिक्षक शिव प्रसाद भुसालले प्रशिक्षण दिँदै आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्दै संस्था र समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्न बस्तिपुर जेसिज हाँडिखोलालाई प्रेरित गरेका छन् । साथै उनले जेसिज संस्थाको आधारभूत नीति र विधिका बारेमा स्पष्ट पारेका छन् । त्यस्तै संस्थाको पदिय मर्यादामा रहेर सबैले आआफ्नो जिम्मेवारी निभाउनुपर्ने कुरामा उनले विशेष जोड दिएका छन् । प्रशिक्षणात्मक तालिम मार्फत कुनै पनि कार्य सम्पन्नता लागि एकता अर्थात टिमवर्कको आवस्यकता हुने भएकाले राष्ट्रका राजदुत एवम् स्वयंसेवकहरुको संस्था जेसिजलाई बलियो र सफल बनाउन संस्थाका सबै सदस्यहरु एकजुट भएर लाग्नु पर्ने बताए ।

वर्ष २०२५ का जन सम्पर्क अधिकारी जेसि सन्तोष ढकालको संयोजकत्वमा भएको ‘जर्नी फर लिडरशिप’ तालिम कार्यक्रमको प्रमुख अतिथी एवम् प्रशिक्षक शिव प्रसाद भुसाल  रहेका छन् । बस्तिपुर जेसिज हाँडिखोला वर्ष २०२५ का अध्यक्ष जेसि सन्तोष उप्रेतीको सभाध्यक्षता रहेको कार्यक्रममा २०२२ का शाखा अध्यक्ष तथा वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सिनेटर जेसि तेज प्रसाद उप्रेती र बस्तिपुर जेसिज हाँडिखोला वर्ष २०२१ का अध्यक्ष जेसि राजेश भेटवाल लगायतको उपस्थिति रहेको छ । कार्यक्रमको सन्चालन ०२४ का महासचिव सोवित वाइबाले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.